ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जाजरकोटमा ठुलोमात्रामा हतियार बरामद, २ जना पक्राउ


एबीसी न्यूज
१८ फाल्गुन २०७४, शुक्रबार   ९ : २२   बजे

 

जाजरकोट, १८ फागुन। जिल्ला प्रहरी कार्यालय जाजरकोटले ठुलोमात्रामा हतियार बरामद गरेको छ । जिल्लाको जुनिचाँदे गाउँपालिका–११ कोर्ताङ स्थित चन्द्रबहादुर शाहीको घरबाट बन्दुक, गोलीलगायतका हतियारहरु बरामद भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जानकारी दिएको छ ।

बाह्रबोर बन्दुक २ थान, भरुवा बन्दुक ३ थान, दुई नाले बन्दुक १ थान, इयर गन १ थान, भरुवा बन्दुकमा प्रयोग हुने सिसाको गोली, बाह्रबोर बन्दुकमा प्रयोग हुने ७ थान खोका लगायतका हातहतियार हिजो विहिवार लुकाई छिपाई राखेको अवस्थामा बरामद भएको प्रमुख जिल्ला अधिकारी पुष्पराज शाहीले बताए ।

प्रमुख जिल्ला अधिकारीका अनुसार , ‘यी हतियार माओवादी जनयुद्धकालका भएको प्रारम्भिक अनुमान गरिएको छ । प्रहरीले विस्तृत अनुसन्धान गर्दैछ ।’

जाजरकोटमा पटक–पटक ठूलो परिमाणमा हतियारहरु बरामद हुँदै आएको छ । स्थानीय चुनावको समयमा खलंगा–८ पिपेस्थित रानीवनमा लुकाई छिपाई राखेको हतियार बरामद भएको थियो । अनुसन्धानका लागि बाबु–छोरा चन्द्रबहादुर शाही र नेत्र शाहीलाई नियन्त्रणमा लिइएको र थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group