ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आत्महत्या दर घटाउदै जापान


admin
१० श्रावण २०७४, मंगलबार   १ : १६   बजे

टोकियो, १० साउन । जापानले जापानी नागरिकमा अत्यधिक मात्रामा रहेको आत्महत्याको दर घटाउने नयाँ कार्य योजना सार्वजनिक गरेको छ ।

जापान सरकारले आगामी दश बर्षमा हालको आत्महत्या दरबाट ३० प्रतिशत घटाउने गरी सो कार्ययोजना सार्वजनिक गरेको हो ।

जापान विश्वका शक्ति सम्पन्न राष्ट्र जि७ मा सबैभन्दा बढी आत्महत्या दर भएको देश हो । यहाँ हरेक वर्ष कम्तीमा पनि २० हजार जनाले आत्महत्या गर्ने गरेका छन् ।

सन् २०१५ मा गरिएको एक सर्भेक्षणमा जापानका प्रति एक लाख मानिसमा १८.५ जनाले आत्महत्या गर्ने गरेका छन् ।

सरकारले यो प्रतिशतलाई घटाएर आगामी सन् २०२५ सम्ममा प्रति एक लाखमा १३ जनामा मात्र सिमीत गर्ने कार्यक्रम सन् २०१५ मा नै ल्याएको थियो ।

जापानमा पछिल्ला बर्षहरुमा आत्महत्याको सङ्ख्या विगतका केही बर्षदेखि घट्दै आएको छ । सन् २००३ मा जापानमा ३४ हजार ४२७ जनाले आत्महत्या गरेका थिए ।

यो दरमा कमी आइ गतबर्षमात्र २१ हजार ८९७ जापानी नागरिकले आत्महत्या गरेका थिए ।
मङ्गलबारको मन्त्रिपरिषदको बैठकले जापानमा आत्महत्याको दर घटाउने विषयमा विभिन्न कार्ययोजना पारित गरेको छ ।

यस कार्ययोजनामा नागरिकको यो लतलाई के कसरी कम गर्न सकिन्छ भन्ने विषय समेटिएको मन्त्रिपरिषदका प्रवक्ताले जनाएका छन् ।

रासस/एएफपी

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

उचित मूल्य नपाएको भन्दै माइतीघरको सडकमा टमाटर फालेर विरोध प्रदर्शन

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

सम्बन्धित

एल्गोरिदमको लतबाट मुक्ति पाउने मेरो ‘लो-फाई’ उपाय

इरानको घोषणा: ‘अब अमेरिकासँग कुनै सम्झौता बाँकी रहेन’

ट्रम्पले फिर्ता लिए स्ट्रेट अफ होर्मुज हुँदै यात्रा गर्ने जहाजमा २० प्रतिशत शुल्क लगाउने प्रस्ताव

अमेरिकी मध्यस्थतामा इजरायल–लेबनान वार्ता पुनः सुरु, दक्षिण लेबनानबाट इजरायली फौज फिर्ता गर्ने रूपरेखा खोजिँदै

चीनले विकासशील विश्वमा कसरी साथीहरू बनाइरहेको छ ?

साधारण मानिस हुनुको असह्य चिन्ता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu