ABC NEWS NEPAL | No.1 News channel of Nepal
१६ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रिमियम सिरिज ओ ! सासुजी भाद्र २१ गते शुक्रबारबाट प्रसारण हुने


एबीसी न्यूज
२१ भदौ २०८१, शुक्रबार   ९ : २६   बजे

काठमाडौं, २१ भदौ । सासु बुहारीको कथामा आधारित प्रिमियम सिरिज ओ सासुजी अब टेलिभिजनमा प्रसारण हुने भएको छ । हिन्दु महिलाहरुको महान पर्व तिजको पावन अवसरमा सो सिरिज भाद्र २१ गते शुक्रबारदेखि प्रसारण हुन लागेको हो । ओ ! सासुजी सिरिज टेलिभिजनमा साँझ ७ः१५ बजेदेखि र ओएसआर डिजिटलको युट्युव च्यानलबाट राति ८ः१५ बजे प्रसारण हुने निर्देशक समिर जोशीले बताएका छन् । बिनभ क्रियसनको प्रस्तुति रहेको उक्त प्रिमियम सिरिजको निर्देशन संचारकर्मी निर्देशक समिर जोशी र लेखन सुरेन्द्र रानाको रहेको छ । विना जोशी निर्मात्री रहेको उक्त सिरिजमा सासु पनि आमा सरह र बुहारी पनि छोरी सरह हुन्छ भन्ने कथामा आधारित रहेको छ । सासुले बुहारीलाई गरिने मायाप्रेम र बुहारीले सासुलाई गर्ने आत्मियता त्याग र समर्पणको कथा रहेको उक्त प्रिमियम सिरिज हास्यव्यङ्ग्य शैलीमा आधारित रहेको छ । सिरिजमा अर्को पाटो हाल आर्थिक मन्दीले गर्दा विज्ञापन व्यवसायको प्रतिस्पर्धाले आफ्नो व्यवसाय कसरी बचाउने कथा पनि रहेको छ ।

उक्त प्रिमियम सिरिज ओ ! सासुजीको छायाकंन जीवन श्रेष्ठ गर्नुभएको छ भने सम्पादन सुनिल श्रेष्ठ र संगीत विरेन शाक्यको रहेको छ । त्यस्तै ग्राफिक्स दुर्गेश रंजितकार र प्रचारप्रसार निर्देशक प्रबल प्रधान रहेको छ । विश्वराम हापुको श्रींगार रहेको उक्त प्रिमियम सिरिज ओ ! सासुजीमा कलाकारहरु बिन्दा खतिवडा, दिक्पाल कार्की, बिनोद पौडेल। चिरिबाबु महर्जन,सुस्मिता बुढाथोकी, बाबुराजा मानन्धर, साङ्गे शेर्पा, राम कार्की लगायत हुनुहुनछ । नायीकाद्वय संगम शर्मा र युजिन श्रेष्ठले सिरिजमार्फत पर्दापन गरेका छन् । साङ्गे शेर्पा यो सिरिजको निर्माण नियन्त्रक रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढीपछि रास्वपाले बोलायो सर्वदलीय बैठक, राहत–उद्धारदेखि पुनःस्थापनासम्म छलफल हुने

रसुवागढीको विपत्तिले सातै प्रदेशलाई रुवायो : व्यापारिक नाकादेखि जलविद्युत्का दक्ष जनशक्तिसम्म तहसनहस

सम्बन्धित

कन्दरा ब्यान्डको सांगीतिक अभियान : भोटेकोसी बाढीपीडितका लागि २१ लाख राहत कोषमा

बाढीपीडितका लागि राहत सामग्री जुटाउँदै अभिनेत्री प्रियंका कार्की

बाढीपछि रोकियो ‘माया भनेकै यस्तो होला’ को प्रदर्शन

जडीबुटीको ‘क्लब १८’मा र्यापर यादव सरकारको कन्सर्ट हुने, डोर सेल्सको रकम बाढीपीडितलाई

पोखरामा पनि गाईजात्राको रौनक, सयभन्दा बढी स्थानबाट गाई निकालियो

गाईजात्रा सुरु : दिवङ्गत आफन्तको सम्झनामा राजधानीमा झाँकी र नगर परिक्रमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu