उप–राष्ट्रपति कमला ह्यारिसले केही हप्ताभित्रै डेमोक्रेटिक पार्टीको नीतिमा नयाँ प्रस्तावहरूको सूचीका साथ आफ्ना प्रथामिकता सार्वजनिक गरेकी छन् । यसबाट यी सबैके अर्थ हो भन्ने नयाँ बहसलाई जन्म दिएको छ ।
जब उपराष्ट्रपति कमला ह्यारिसले राष्ट्रपति जो बाइडेनको पछिल्लो बजेट प्रस्तावमा समावेश गरिएको ५ ट्रिलियन डलर कर वृद्धिलाई समर्थन गरिन्, उनले लगानीकर्ता र वित्तीय क्षेत्रका मानिसहरूमा बेचैनी फैलाइन्, उनहरुले टिप्प्णी गरेका थिए – यो नीतिले अत्यधिक बाम झुकाव राखेको छ।
बाइडेनको कर योजनाको एउटा विवादास्पद तत्व, “अरबपति आय कर,” जसले वार्षिक १०० मिलियन डलरभन्दा बढी कमाउने मानिसहरूको नबिकेका सम्पत्तिलाई लक्षित गरेको छ, यो पुनः विवादमा आएको छ। अर्बपति मार्क क्युवनले ह्यारिसको टोलीलाई कर नीतिले अत्यधिक आक्रामक भएको चेतावनी दिएका थिए, नाम नबताउने दुई जना व्यक्तिहरू जसले निजी कुराकानीको विवरण साझा गर्न गोपनीयताको सर्तमा कुरा गरेका थिए। ह्यारिसको टोलीले अन्य व्यवसायिक नेताहरूसँग पनि सम्पर्क गरेको थियो, जसमा उनका भेना र उबरका प्रमुख कानुनी अधिकारी टोनी वेस्ट, लगानीकर्ता ब्लेयर एफ्रन, र कानुनी फर्म पौल, वाइसका अध्यक्ष ब्राड कार्प समेत थिए ।
चुनावी दौडको दबावका बीच, ह्यारिसको अभियानका सल्लाहकारहरूले उक्त प्रस्तावलाई हटाउने बारे छलफल गरेका थिए । तर जब उनले गत हप्ता कर प्राथमिकताहरूको संशोधित सूची सार्वजनिक गरिन्, उनले अरबपति आय करलाई यथावतै राखिन्। बरु उनले बाइडेनको कर योजनाको अर्को भागलाई संशोधन गर्दै, एक मिलियन डलरभन्दा बढी कर योग्य आम्दानी भएका लगानीकर्ताहरूका लागि पुँजीगत लाभ करमा मध्यम वृद्धिको प्रस्ताव गरिन्।
जबकि ह्यारिसले अचानक एक महिना अगाडि मात्र डेमोक्रेटिक राष्ट्रपतिको उम्मेदवारको रूपमा नामाङ्कन अनुमोदन गरेकी थिइन्, त्यो बेला उनले स्वास्थ्य सेवा, आवास, बाल सहायता लगायतका थुप्रै नीतिहरू सार्वजनिक गरेकी थिइन्, त्यसले उनको अर्थतन्त्र सम्वन्धी दृष्टिकोणलाई परिभाषित गर्न सुरु गरेको हो। यससले बाम झुकावको लोकप्रियतावादी विचारधारालाई उद्योगप्रति बढी सहानुभूतिसहित मिश्रित गरेको छ, र यसले आलोचकहरूलाई आन्तरिक रूपमा द्वन्द्वरत गुटहरूको तुष्टिकरण गर्ने प्रयास गरेको आरोप लगाएको छ। तर यसले बाइडेनको भन्दा फराकिलो दृष्टिकोण लिएको भन्दै प्रशंसा पनि पाएको छ।
उदाहरणका लागि, कर चालले व्यवसायिक नेताहरू र मध्यमार्गी मतदाताहरूलाई संकेत गर्न खोजेको थियो – ह्यारिसले चुनाव जितेमा उनीहरूको कुरा सुन्नेछिन्, जसमा अरबपतिहरू र निगमहरूमा कर वृद्धि गरेर नयाँ सामाजिक कार्यक्रमहरूको लागि खर्च गर्ने पार्टीको महत्वाकांक्षालाई पुनः पुष्टि गर्ने उद्देश्य थियो।
पूर्व ओबामा प्रशासनका शीर्ष अर्थशास्त्री जेसन फर्मनले भने, ‘यो विचारशील नीति, लोकप्रियतावादी चिन्ताहरू, र केही व्यावहारिक मध्यमार्गी दृष्टिकोणको संयोजन हो।’
ह्यारिसले आफ्नो २०२० डेमोक्रेटिक प्राथमिक अभियानका धेरै उदारवादी नीतिहरू परित्याग गरेकी छन्, र नयाँ नीतिहरूलाई अपनाएकी छन्।
ह्यारिसलाई व्यवसायप्रति असहज मान्नेहरूका लागि, उनले करमा थप मध्यम दृष्टिकोण र नयाँ स्टार्टअपहरूलाई प्रोत्साहित गर्ने योजना अघि सारेकी छन्। उनको अभियानका सल्लाहकारहरू भन्छन्, साना व्यवसायहरूलाई प्रोत्साहन दिनु ह्यारिस प्रशासनको मुख्य प्राथमिकता हुनेछ।
सीनेटको साना व्यवसाय समितिकी अध्यक्ष सेन– जीन शाहिन (डि–एन.एच.) ले साना व्यवसायहरूको लागि प्रस्तावित कर कटौती र कागजी प्रक्रियालाई सरल बनाउने ह्यारिसको प्रस्तावको प्रशंसा गरिन्।
तर, पार्टीको लोकप्रीय भावनालाई सम्बोधन गर्दै, ह्यारिसले खाद्य र किराना क्षेत्रको मूल्य–वृद्धि रोक्ने प्रतिबन्धको आह्वान गरेकी छन्, र कर्पोरेट घरबेटीहरूले भाडा निर्धारण गर्ने एल्गोरिदमलाई प्रयोग गर्न प्रतिबन्ध लगाएकी छन्। साथै, उनले पहिलो पटक घर किन्न चाहनेहरूका लागि २५,००० डलरको संघीय अनुदानको योजना प्रस्तुत गरेकी छन्। यी नीतिहरूले महामारीपछि बढ्दो मुद्रास्फीतिका लागि निगमहरूलाई दोष दिने मतदाताहरूसँग सहानुभूति राख्ने उद्धेश्यबाट डिजाइन गरिएको हो ।
ह्यारिसले डेमोक्र्याटहरूको प्रविधिमूलक नीति निर्माताहरूको चासो सम्बोधन गर्ने योजनाहरू पनि अघि सारेकी छन्, जसमा नयाँ निर्माण प्रोत्साहनहरू र सरकारी नियमहरूको कमी मार्फत आवास आपूर्ति बढाउने उपायहरू समावेश छन्। स्टार्टअप कम्पनीहरूको लागि व्यावसायिक अनुमतिहरू घटाउने, र ठूलो भाडा कर कटौतीहरू लागू गर्ने योजना पनि उनले अघि सारेकी छन्, जसलाई पार्टीका अर्थशास्त्रीहरूले व्यापक रूपमा समर्थन गरेका छन्।
जो बाइडेन प्रशासनमा वरिष्ठ ट्रेजरी विभागका अधिकारी बेन ह्यारिसले भने,“उनले पर्याप्तरूपमा सक्षम प्रविधिमूलक नेताको रूपमा मान्यता पाउँदिनन्,” । उनी लोकप्रीय चासोहरू र मध्यमताको मिश्रण हुन्, वित्तीय रूपमा संरक्षणात्मक र यथार्थवादी हुने प्रयास गरिरहेकी छिन्।
तर सबै ह्यारिसका नीतिगत निर्णयहरूबाट प्रभावित भने छैनन्। आलोचकहरूले भन्छन् – ह्यारिसका नीति विचारहरू व्यापक दृष्टिकोणको अभावमा पर्याप्त कुरा गर्न खोजिएको प्रयास हो। मूल्यवृद्धि रोक्ने प्रस्तावको आलोचना भएपछि, ह्यारिसका सहयोगीहरूले भने कि यो प्रस्तावले धेरै राज्यहरूमा पहिले नै लागू भएका नीतिहरूलाई राष्ट्रियकरण गर्न सक्नेछ। आवास र बाल लाभ योजनाको लागत लगभग १.७ ट्रिलियन डलर हुने अनुमान गरिएपछि, अभियानबम अधिकारीहरूले भनेका छन्– उनले बाइडेनको बजेटमा प्रस्तावित ५ ट्रिलियन डलरको कर वृद्धिलाई समर्थन गर्नेछिन्।
यस्ता गतिविधिले केही असहजता निम्त्याएको छ। तीनजना उदार नीति समर्थकहरूले भनेका छन् – ह्यारिसको पूँजीगत लाभ कर घटाउने निर्णयले लगानीकर्ता वर्गमा गलत सन्देश दिएको छ। धेरैजना अर्थशास्त्रीहरूले उनको मूल्यवृद्धि रोक्ने योजना र आवास अनुदान योजनालाई मतदातालाई खुशी पार्न खोजिएको भन्दै आलोचना गरेका छन्।
तर यदि ह्यारिसले आगामी निर्वाचनमा जितिन् भने यी आलोचनाहरूको अर्थ धेरै नहोला। जीतले पार्टीका विरोधी ध्रुवहरूबीच नयाँ संघर्षको सुरुवात गराउनेछ।
“उनी ठूला सरकारको समाजवादमा विश्वास गर्ने एक कट्टरपन्थी हुन्,” ट्रम्पका सल्लाहकार न्युट गिंगरिचले भने।
ट्रम्प अभियानका सल्लाहकार ब्रायन ह्युजेसले ह्यारिसका नीतिहरूलाई “इतिहासका सबैभन्दा समाजवादी र सत्तावादी मोडेलहरूसँग तुलना” गरेका छन्।
वाशिंगटन पोष्टबाट
प्रतिक्रिया दिनुहोस्