काठमाडौं । पाकिस्तानका सरकारी कर्मचारीले जथाभावी सामाजिक सञ्जाल चलाउन नपाउने भएका छन् ।
आधिकारिक सूचना चुहावट रोक्नका लागि सरकारले अनुमतिबिना सरकारी कर्मचारीलाई सामाजिक सञ्जाल चलाउन प्रतिबन्ध लगाएको हो
द न्यूज इन्टरनेशनलका अनुसार सरकारको संस्थापन विभागले परिपत्र जारी गर्दै कर्मचारीहरुलाई सरकारी कर्मचारी (आचारसंहिता) नियम १९६४ अन्तर्गत यस्तो बन्देज लगाएको हो ।
भारतीय समाचार संस्था एएनआईका अनुसार यस निर्देशनअनुसार सरकारी कर्मचारीले कुनै किसिमको सरकारी नीतिविरुद्ध अभिव्यक्ति दिन पाउने छैनन् ।
यसको निगरानीका गर्न र विवादास्पद सामग्री हटाउन सरकारी निकायलाई निर्देशन समेत दिइएको छ । सरकारी कर्मचारीले यस निर्देशनको पालना नगरे कारवाही भोग्नुपर्ने छ ।
यद्यपि सामाजिक सञ्जालको सकारात्मक प्रयोगमाथि बन्देज लगाउने कुनै मनशाय भने नरहेको निर्देशनमा उल्लेख गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्