काठमाडौं ३० भदौ । आइतबार बिहान हङकङको फोर्ट्रेस हिलमा जमिनमुनि गाडिएको पाइप फुट्दा सडकमा पानीको फोहोरा निस्केको छ।
बिहान करिब साढे ९ बजे किङ्स रोडको चोक नजिकै फोर्ट्रेस हिल रोडमा जमनिमुनि गाडिएको पानीको पाइप फुटेको हो। पाइप फुट्दा करिब १।८ मिटर उचाइमा पानीको फोहोरा निस्केको थियो भने सडक जलमय भएको थियो।
घटनास्थललाई प्रहरीले घेराबन्दी गरेको छ। पानी आपूर्ति बन्द गरी पाइप मर्मतको काम भइरहेको द स्ट्यान्डर्डले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्