ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

धरौटीमा छुटेको २ दिनपछि केजरीवालको घोषणा- मुख्यमन्त्री पदबाट राजीनामा दिँदै छु


एबीसी न्यूज
३० भदौ २०८१, आइतबार   १ : २७   बजे

काठमाडौं ३० भदौ । धरौटीमा जेलबाट रिहा भएको दुई दिनपछि दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले पदबाट राजीनामा दिने घोषणा गरेका छन्।

बीबीसी हिन्दीका अनुसार आइतबार आम आदमी पार्टीको कार्यालयमा कार्यकर्तालाई सम्बोधन गर्दै उनले दुई दिनपछि मुख्यमन्त्री पदबाट राजीनामा दिने घोषणा गरेका हुन्।

उनले भने, ‘म सीएम मुख्यमन्त्री बाट राजीनामा दिँदै छु र जनताको फैसला नआएसम्म म सीएमको कुर्सीमा बस्ने छैन।’

केजरीवालले थपे, ‘म जनताको बीचमा जान्छु, हरेक गल्लीमा जान्छु, घरघरमा जान्छु र जनताले केजरीवाल इमान्दार छन् भन्ने फैसला नगरेसम्म म मुख्यमन्त्रीको कुर्सीमा बस्ने छैन।’

मदिरा नीतिमा भ्रष्टाचार गरेको आरोपमा तिहाड जेलमा रहेका केजरीवाल भारतीय सर्वोच्च अदालतले धरौटीमा रिहाको आदेश दिएपछि गत शुक्रबार साँझ जेलमुक्त भएका थिए।

मुद्दा यस्तो

केजरीवाल नेतृत्वको दिल्ली सरकारले मार्च २०२१ मा नयाँ अन्तःशुल्क नीति अनुमोदन गरेको थियो।

जसमा सरकारी मदिरा पसल बन्द गर्नेदेखि मदिरा पिउने न्यूनतम उमेर २५ वर्षबाट २१ वर्षमा झार्नेसम्मका निर्णय थिए।

नयाँ अन्तःशुल्क नीति लागू भएपछि दिल्लीका सबै मदिरा पसल निजीको हातमा गयो। दिल्ली सरकारले यस व्यवसायबाट राजस्व बढ्ने तर्क गरेको थियो।

तर दिल्ली सरकारको यो नीति सुरुदेखि नै विवादमा थियो। आयात शुल्क हटाएर लाइसेन्सवालालाई अनुचित फाइदा दिएको आरोप छ। साथै दिल्ली सरकारले कमिसन लिएको आरोप पनि लागेको छ। यो पैसा पन्जाब विधानसभा चुनावमा प्रयोग भएको दाबी गरिएको छ।

विवाद चर्किएपछि सरकारले नयाँ नीतिलाई अस्वीकार गर्दै २०२२ जुलाईमा फेरि पुरानै नीति लागू गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘महागोयबल्स’ शैली भन्दै ओली बोले– समाज झूटमा रमाउन थालेको हो कि भन्ने चिन्ता बढ्यो

कांग्रेसले प्रदेशमा एमालेसंग ब्रेक लगायो ः एमाले सांसद, बराल भिडियो ।

सम्बन्धित

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

‘महागोयबल्स’ शैली भन्दै ओली बोले– समाज झूटमा रमाउन थालेको हो कि भन्ने चिन्ता बढ्यो

ट्रम्पको सम्बोधन प्रसारणमा प्रमुख अमेरिकी टेलिभिजनहरूको ‘असहयोग’: लाइसेन्स खारेजीसम्मको चेतावनी

संघीय संसद्का सांसदले भदौ २९ गतेसम्ममा सम्पत्ति विवरण बुझाउनुपर्ने

श्रीमतीलाई कुटपिट गरेको आरोपमा पाइलट पक्राउ

तीन महिनामा विपद्मा परि १६० जनाको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu