ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उइगुर समुदायमाथि चीनमा भइरहेको अत्याचार बन्द माग गर्दै प्रदर्शन


एबीसी न्यूज
३० भदौ २०८१, आइतबार   ६ : ११   बजे

काठमाडौं ३० भदौ । छिमेकी चीनको सिन्चियाङ प्रान्तमा रहेका उइगुर मुस्लिममाथि अन्याय र अत्याचार भएको कुरा जगजाहेर छ । उइगुर मुस्लिममाथि अत्याचार हुँदा, उनीहरुको मानवअधिकार हनन् हुँदा विश्वभरका राष्ट्रहरुले त्यसको विरोध जनाएका थिए । यहाँसम्म कि यसको विरोध नेपालका पनि कैयौं भूभागमा भएका थिए । चीन सरकारले एकातिर आफ्नै देशका मुस्लिमका विभिन्न गतिविधिमाथि प्रतिबन्ध लगाएको छ भने नेपालका मुस्लिमहरुप्रति सहानुभूति देखाउँदै आफ्नो प्रभाव जमाउन खोजेको नागरिक अगुवाहरु भन्छन् । चीनको यस्तो क्रियाकलापप्रति आशंका पनि व्यक्त गरिँदैछ कि नेपाली मुस्लिम समुदायमा आफ्नो प्रभाव किन बढाउन खोज्दैछ ।

चीन उइगुर समस्यामा पश्चिमाहरूले अनावश्यक खेलेको आरोप लगाउने गर्दछ भने अन्य मुलुकले त्यहाँ चीनले जाति हत्या गरी मानव अधिकारको व्यापक उल्लंघन गरेको आरोप लगाउँछन् । पश्चिमा देश र संयुक्त राष्ट्र संघीय मानव अधिकार आयोगको आरोप थियो कि चीनले १० लाखभन्दा बढी उइगुरीलाई १२०० भन्दा बढी यातना शिविरमा थुनेर राखेको छ । चीनले त्यस्ता शिविर सन् २०१७ पछि खोल्न थालेको थियो । चीनले त्यस्ता शिविर खोलिएको र उइगुरीलाई राखिएको स्वीकार गरेको छ । तर, त्यस्ता शिविरमा कुनै नराम्रो काम नगरेको चीन सरकारको दाबी छ ।

चीन सरकारले उइगुर मुस्लिममाथि यतिसम्मको प्रतिबन्ध लगाउन खोजियो कि अजान बजाउन निषेध, पैजामा पैतालासम्म लगाउनुपर्ने, कुनै पनि मुस्लिम देश बाहिर जाँदा सबै जानकारी दिनुपर्ने, कुनै पनि पर्वमा समूहमा भेला हुन नपाउने लगायतको रोक लगाएको छ । चार वर्ष पहिले मस्जिद भत्काएर सौचालय बनाइएको पनि कुरा बाहिर आएको थियो ।
चीनमा उइगुर मुस्लिममाथि त्यो किसिमको मानवअधिकार विरोधी कार्य हुँदा विश्वका धेरै राष्ट्रहरुले विरोध जनाएका थिए तर मुस्लिमको सबभन्दा ठूलो हिमायती बताउने पाकिस्तानले एक पटक पनि विरोध जनाएन ।

चीनको सिन्चियाङ प्रान्तमा रहेका उइगुर मुस्लिमहरुमाथि अन्याय र अत्याचार हुँदा विश्वभरिका राष्ट्रहरुले विरोध जनाउँदा नेपालमा पनि विरोध भएको थियो । नेपालको सिरहा, सुनसरी, पर्सा र काठमाडौं जिल्लाका न्यायप्रेमी मुस्लिम समुदायले विरोध जनाउनुका साथै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका थिए । अनौठो कुरो के हो भने चीनले मधेशका मदरसाहरुमा चाइना स्टडी सेन्टरका पदाधिकारीहरुद्वारा प्रस्ताव गरिएको थियो कि चाइनिज भाषामा अध्ययन÷अध्यापन गराउने । त्यसका लागि मदरसामा डोनेशन दिने प्रलोभनसमेत दिइएको थियो । चीन स्वयम् आफ्नो देशका मुस्लिमका विभिन्न गतिविधिमाथि प्रतिबन्ध लगाउँदै आएको छ भने नेपालको खासगरी मधेश क्षेत्रका मुस्लिमप्रति सहानुभूति देखाउनु पछाडि रहस्य के भन्ने कुराको चर्चा हुन थालेको छ । — एजेन्सीहरुको सहयोगमा

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘महागोयबल्स’ शैली भन्दै ओली बोले– समाज झूटमा रमाउन थालेको हो कि भन्ने चिन्ता बढ्यो

कांग्रेसले प्रदेशमा एमालेसंग ब्रेक लगायो ः एमाले सांसद, बराल भिडियो ।

सम्बन्धित

‘महागोयबल्स’ शैली भन्दै ओली बोले– समाज झूटमा रमाउन थालेको हो कि भन्ने चिन्ता बढ्यो

ट्रम्पको सम्बोधन प्रसारणमा प्रमुख अमेरिकी टेलिभिजनहरूको ‘असहयोग’: लाइसेन्स खारेजीसम्मको चेतावनी

संघीय संसद्का सांसदले भदौ २९ गतेसम्ममा सम्पत्ति विवरण बुझाउनुपर्ने

श्रीमतीलाई कुटपिट गरेको आरोपमा पाइलट पक्राउ

तीन महिनामा विपद्मा परि १६० जनाको मृत्यु

वाग्मतीसहित विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना, नदीमा बाढीको जोखिम बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu