काठमाडौं, २० फागुन ।गणतन्त्र पछिको पहिलो संघिय संसदले आज औपचारीकता पाएको छ । निर्वाचित संसदले ३ महिना पछि आइतबार सपथ लिएका छन् । प्रतिनिधिसभाका सदस्यहरुले ज्येष्ठ सदस्य महन्थ ठाकुरवाट सपथ लिए भने राष्ट्रियसभाका सांसदहरुले तारादेवी भट्टबाट सपथ लिएका हुन् ।
प्रतिनिधि सभा सदस्यको सपथ ग्रहण ग्रहण अपरान्ह चार बजेका लागि तय भएपनि केही ढिलामात्रै सुरु भएको थियो । बानेश्वरस्थित अन्र्तराष्ट्रिय सम्मेलन केन्द्रको भवनमा प्रतिनिधिसभा सदस्यले शपथ लिएका थिए । राष्ट्रिय गानबाटसुरु भएको कार्यक्रममा संघीय संसदका महासचिव मनोहर भट्टराईले उपस्थित सांसद सदस्यलाई स्वागत गरेका थिए । भट्टराइको स्वागतपछि प्रतिनिधिसभाका ज्येष्ठ सदस्य राजपाका सांसद महन्थ ठाकुरले सपथ गराए ।
सपथ लिएपछि सांसदले सांसदको लोगो लगाएका थिए । प्रतिनिधि सभाका सदस्यहरुले सपथ लिएको केहीबेरपछि राष्ट्रिय सभाका सदस्यलाई राष्ट्रिय सभाका ज्येष्ठ सदस्य तारादेवी भट्टले सपथ खुवाएकी थिइन् । ठाकुर र भट्टले दुवैले आजै दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिएका थिए ।
ऐतिहासिक संघीय संसदको पहिलो बैठक सोमबार बस्ने भएकाले सांसदहरुलाई एक दिन अगाडि नै शपथ ग्रहण गराइएको हो । प्रतिनधि सभामाम कैलाली १ बाट विजयी रेशम चौधरी भने सपथ ग्रहणमा उपस्थित भएनन् ।
फौजदारी अभियोग लागेका चौधरी पुर्पक्षका लागि थुनामा छन् । प्रहरीको फरार सूचीमै रहेका सांसद् नवराज सिलवालले भने शपथ लिए । कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वले राष्ट्रियसभामा सदस्यका लागि गरेको सिफारिस केपी ओली नेतृत्वको सरकारले उल्ट्याएपछि मनोनित ३ सांसद पनि सपथ समारोहमा गएनन् ।
यसैवीच ४४ जना सांसदहरुले आफ्नो मातृभामा शपथ लिएका छन् । अन्य सांसदहरुले भने नेपाली भाषामै शपथ लिएका छन् ।
प्रतिक्रिया दिनुहोस्