ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सेनाको संख्या बढाएर १५ लाख पुर्‍याउन पुटिनको आदेश, रुसी सेना दोस्रो ठूलो बन्ने


एबीसी न्यूज
१ आश्विन २०८१, मंगलबार   ३ : ५७   बजे

काठमाडौं १ असोज । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मुलुकको सैन्य संख्या १ लाख ८० हजारले बढाउन आदेश दिएका छन्। यससँगै सक्रिय सैनिकको संख्या १५ लाख पुग्ने छ।

र, रुस चीनपछि सबैभन्दा धेरै सेना भएको दोस्रो मुलुक बन्ने छ।

सरकारी वेबसाइटमा प्रकाशित सो आदेश डिसेम्बर १ देखि लागू हुने छ। जसअनुसार रुसको सम्पूर्ण सशस्त्र फौजको संख्या २३ लाख ८० हजार पुग्नेछ।

प्रमुख सैन्य थिंक ट्यांक इन्टरनेसनल इन्स्टिच्युट फर स्ट्राटेजिक स्टडिजको तथ्यांकअनुसार सो आदेश लागू भएपछि रुसले सक्रिय सैन्य संख्यामा अमेरिका र भारत दुवैलाई उछिन्नेछ।

चीनसँग भने २० लाखभन्दा बढी सक्रिय सैनिक छन्।

२०२२ को फेब्रुअरीमा युक्रेन आक्रमण सुरु गरेयता सैन्य संख्या बढाउने आदेश पुटिनले तेस्रोपटक दिएका हुन्। कुर्स्क क्षेत्रमा युक्रेनी सेनाले घुसेर आक्रमण गरेपछिको अवस्थामा यो आदेश आएको हो।

गत जुनमा पुटिनले युक्रेनसँगको युद्धमा करिब ७ लाख सैनिक सहभागी रहेको बताएका थिए।

२०२२ को अन्त्यतिर रुसले ३० लाख जगेडा सैनिकलाई सेवामा भर्ती गरेको थियो। त्यसबाहेक स्वयंसेवक लडाकुमा रुस निर्भर रहँदै आएको छ।

तर, यत्तिका धेरै सैनिकको खर्च धान्नेगरी रुससँग रक्षा बजेट नरहेको भन्दै कतिपय विश्लेषकले प्रश्न पनि उठाएका छन्। एजेन्सी

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

श्रीलंकामा संयोजक प्रचण्डद्वारा समाजवादको राजनीतिक रूपरेखा प्रस्तुत

तीन महिनामा विपद्मा परि १६० जनाको मृत्यु

सम्बन्धित

तीन महिनामा विपद्मा परि १६० जनाको मृत्यु

वाग्मतीसहित विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना, नदीमा बाढीको जोखिम बढ्यो

साउने संक्रान्ति पर्व आज देशैभर स्नान तथा दान गरी मनाइँदै

नागढुंगा–मुग्लिन र मुग्लिन–नारायणगढ सडकखण्ड खुले

भारतको सबैभन्दा ठूलो आणविक विद्युत् केन्द्रमा साइबर आक्रमण भएको आशङ्का

आजदेखि कर्मचारीको तलव बढ्यो, शिक्षा, स्वास्थ्य र विद्युतमा करको बोझ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu