काठमाडौं ३ असोज । आतिशीले यही सेप्टेम्बर २१ ९शनिबार० मा दिल्लीको मुख्यमन्त्रीको शपथ खाने भएकी छन्।
आम आदमी पार्टीले यसअघि उक्त दिन आतिशीले मात्र शपथ खाने निर्णय गरेको थियो। तर पछि बाँकी मन्त्रीलाई पनि सोही दिन शपथ खुवाउन निर्णय भएको थियो।
आतिशी यही सेप्टेम्बर १७ का दिन आम आदमी पार्टीको विधायक दलको नेतामा चुनिएकी थिइन्। मुख्यमन्त्रीका लागि अरविन्द केजरीवालले नै उनको नाम प्रस्ताव गरेका थिए। बाँकी विधायकले पनि उनलाई समर्थन गरेका थिए।
यसअघि तिहाड जेलबाट बाहिर आएपछि अरविन्द केजरीवालले सेप्टेम्बर १५ मा पार्टी कार्यकर्तालाई सम्बोधन गर्दै मुख्यमन्त्रीबाट राजीनामाको घोषणा गरेका थिए।
आतिशी दिल्लीको मुख्यमन्त्रीको कुर्सी सम्हाल्ने तेस्रो महिला बनेकी छन्। यसअघि भाजपाकी सुष्मा स्वराज र कांग्रेसकी शीला दीक्षित दिल्लीको मुख्यमन्त्री भएका थिए।
आतिशीः कुनै बेला केजरीवाल सरकारमा मन्त्री पद पनि पाइनन्, अहिले मुख्यमन्त्री
प्रतिक्रिया दिनुहोस्