ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लेबनानमा हवाई हमला गरी हिजबुल्लाहका १०० रकेट लन्चर नष्ट गरिएको दाबी


एबीसी न्यूज
४ आश्विन २०८१, शुक्रबार   १ : ३७   बजे

काठमाडौं ४ असोज । इजरायलले आफ्नो लडाकु विमानले लेबनाममा तयार हिजबुल्लाहका १०० भन्दा बढी रकेट लन्चर नष्ट पारेको दाबी गरेको छ।

इजरायली रक्षा बल आईडीएफका अनुसार ती लन्चर इजरायलमा आक्रमण गर्न तयार पारिएका थिए।

दक्षिणी लेबनानमा रहेका हतियार गोदामहरूलाई पनि आईडीएफको हवाई हमलामा निशाना बनाइएको छ।

लेबनानको राज्य(सञ्चालित राष्ट्रिय समाचार एजेन्सीका अनुसार इजरायलले बिहीबार साँझ ५२ वटा हवाई आक्रमण गरेको छ र लेबनानले पनि उत्तरी इजरायलका सैन्य लक्ष्यमा हमला गरेको छ।

यसअघि हिजबुल्लाह नेता हसन नसरल्लाहले दुश्मनले सबै सीमा, नियम र रातो रेखा पार गरेकोु बताएका थिए।

लेबनानभरि भएका पेजर र वाकी(टकी विस्फोटमा ३७ जनाको मृत्यु भएको थियो भने ३००० भन्दा बढी घाइते भएका थिए।

नसरल्लाहले यी आक्रमणलाई नरसंहारुको संज्ञा दिएका छन् भने यो हिजबुल्लाहका लागि ठूलो प्रहार भनेका छन्।

उनले भने, ‘यसलाई युद्ध अपराध भन्नुस् वा युद्धको घोषणा( तपाईं यसलाई जे चाहानुहुन्छ त्यही भन्न सक्नुहुन्छ। यो शत्रुको नियत हो।’

अर्कातर्फ इजरायलका रक्षामन्त्री योभ गालान्टले इजरायल अब युद्धको नयाँ चरणमा प्रवेश गरिरहेको र आफ्नो शक्ति उत्तरमा केन्द्रित गरिरहेको बताएका छन्।

२०२३ अक्टोबर ८ मा गाजाबाट हमासका सशस्त्र लडाकुले इजरायलमा आक्रमण गरेयता इजरायल र हिजबुल्लाहबीच तनाव जारी छ।

त्यसबेलादेखि हिजबुल्लाहले प्यालेस्टिनी जनतासँग ऐक्यबद्धता जनाउँदै इजरायलमा बमबारी जारी राखेको छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

तीन महिनामा विपद्मा परि १६० जनाको मृत्यु

आजदेखि कर्मचारीको तलव बढ्यो, शिक्षा, स्वास्थ्य र विद्युतमा करको बोझ

सम्बन्धित

तीन महिनामा विपद्मा परि १६० जनाको मृत्यु

वाग्मतीसहित विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना, नदीमा बाढीको जोखिम बढ्यो

साउने संक्रान्ति पर्व आज देशैभर स्नान तथा दान गरी मनाइँदै

नागढुंगा–मुग्लिन र मुग्लिन–नारायणगढ सडकखण्ड खुले

भारतको सबैभन्दा ठूलो आणविक विद्युत् केन्द्रमा साइबर आक्रमण भएको आशङ्का

आजदेखि कर्मचारीको तलव बढ्यो, शिक्षा, स्वास्थ्य र विद्युतमा करको बोझ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu