ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गाजामा भएको इजरायली आक्रमणमा निर्दोष नागरिकको मृत्यु


एबीसी न्यूज
४ आश्विन २०८१, शुक्रबार   ३ : ३५   बजे

काठमाडौं ४ असोज । गाजापट्टीका विभिन्न स्थानहरूमा बिहीबार राती इजरायलले गरेको हवाई आक्रमणमा परी कैयौँ प्यालेस्टिनीहरू मारिनुका साथै केही घाइते भएका छन् ।

इजरायली युद्ध विमानहरूले मध्य गाजाको अल–दराज सहरमा रहेको एक घरमा आक्रमण गर्दा सात प्यालेस्टिनीको मृत्यु हुनुका साथै अधिकांश महिला तथा बालबालिकासहित अन्य घाइते भएको स्थानीय स्रोतले जानकारी दिएका छन् ।

लडाकु विमानहरूले उत्तरी गाजापट्टीको बेइट लाहियामाको एउटा घरमा पनि आक्रमण गरेका गर्दा घाइते तथा बेपत्ता मानिसहरूको उद्धारकर्मीहरूले भग्नावशेषमुनि खोजी गरिरहेका छन् ।

आक्रमयाले नुसेरात शिविरको एक घरलाई पनि निशाना बनाउँदा केहीको हताहत भएको उल्लेख गरिएको छ ।

यसअघि इजरायली आक्रमणले उत्तरी गाजाको जबलियामा रहेको एक घरलाई निशाना बनाउँदा सात प्यालेस्टिनीको मृत्यु हुनुका साथै अन्य केही घाइते भएका थिए ।

खान युनिसको अल–कारारा सहरमा इजरायली हमलामा थप दुई प्यालेिस्टनीको मत्यु भएको तथा मध्य गाजा पट्टीको अल–मगाजी शिविर नजिकै एउटा गाडीलाई निशाना बनाई गरेको आक्रमणमा दुई जनाको मृत्यु भएको थियो ।

बिहीबार बिहानदेखि रातीसम्म विस्थापित व्यक्तिहरूको घर, सवारी साधन र पालमा भएको इजरायली बमबारीमा ४५ भन्दा बढी प्यालेस्टिनी मारिएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ ।

गत अक्टोबरमा हमासले दक्षिणी इजरायलमा गरेको आक्रमणको बदलामा इजरायलद्वारा गाजामा गरिएको आक्रमणका कारण हालसम्म अधिकांश महिला तथा बालबालिकासहित ४१ हजार २७२ जनाको मृत्यु हुनुका साथै अन्य ९५ हजार ५५१ जना घाइते भएको जनाइएको छ ।

यसैगरी हजारौं पीडितहरू बेपत्ता, भग्नावशेषमुनि दबिएका वा सडकमा बेबारिसे अवस्थामा छरिएका छन् । इजरायली आक्रमणले गर्दा उद्धार कार्यमा कठिनाइको सामना गर्नुपरेको प्यालेष्टिनी उद्धार टोलीले जनाएका छन् । राससरक्युएनए

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

बिहारमा सामूहिक बलात्कार : २०१२ को दिल्ली काण्डको सम्झना, प्रहरी र अस्पतालको चरम लापरबाही

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group