ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संघीय संसदको पहिलो बैठक आज, के-के छन् एजेण्डा ?


एबीसी न्यूज
२१ फाल्गुन २०७४, सोमबार   ९ : २८   बजे

काठमाडौं, २१ फागुन । आज सोमवार राष्ट्रिय सभा र प्रतिनिधिसभाको पहिलो बैठक सोमबार बस्दै छ । प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएको तीन महिनापछि आइतबार सांसदहरुले शपथ ग्रहण गरेका थिए ।

मुलुक संघीय संरचनामा गएपछि पहिलोपटक बस्न लागेको सोमबारको बैठक ऐतिहासिक अवसर हो । संवैधानिक अस्पष्टताले निर्वाचन सकिएको लामो समयसम्म बैठक बस्न सकेको थिएन । दुबै सदनको बैठक अपराह्न ४ बजे संसद भवनभित्रका छुट्टा छुट्टै हलमा बस्नेछ । प्रतिनिधिसभाको बैठकको अध्यक्षता जेष्ठ सदस्य महन्थ ठाकुरले र राष्ट्रिसभाको अध्यक्षता त्यसलाई औपचारिक रुपमा संघीय अधिवेशन प्रारम्भ भएको मानिन्छ ।

संसदीय परम्पराअनुसार बैठकको सुरुमा राष्ट्रपतिबाट संघीय संसदको आह्वान भएको सम्बन्धी पत्र पढेर सुनाइने छ ।
संघीय संसदको पहिलो अधिवेशनलाई राष्ट्रपतिले सम्बोधन गर्नुपर्ने र त्यसवेला दुवै सदनको संयुक्त बैठक बस्नुपर्ने संवैधानिक व्यवस्था छ । तर, पहिलो बैठक भने छुट्टाछुट्टै बस्नेछ । ‘संविधानले पहिलो अधिवेशनको पहिलो बैठक नभनेकाले अधिवेशन अवधिभरको जुनकुनै बैठकलाई राष्ट्रपति महोदयले सम्बोधन गर्न सक्नुहुन्छ,’ संघीय संसद सचिवालयका प्रवक्ता डा। गौतमले भने, ‘त्यसबेला मात्रै प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठक बस्छ ।’

पहिलो अधिवेशन भएकाले शहीदहरुको सम्मानमा मौनधारण गर्ने र प्रधानमन्त्रीको नियुक्ति तथा मन्त्रिमण्डल बिस्तारबारे जानकारी गराइन्छ । दुवै सदनमा अन्तरिम कार्यविधि प्रस्तुत हुन्छ र त्यसलाई पारित गरिन्छ ।

प्रतिनिधिसभाले सभामुखको र राष्ट्रियसभाले अध्यक्षको निर्वाचन मिति तय गर्ने कार्यसूची छ । फागुन २७ गते सभामुखको र ३० गते राष्ट्रियसभा अध्यक्षको निर्वाचन गर्ने तयारी गरिएको छ । फागुन २७ गते नै प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनुपर्ने छ । दुवै सदनले बैठक सञ्चालनको लागि अध्यक्ष मण्डल चयन गर्ने कार्यसूची पनि तय गरिएको छ । यस अतिरिक्त दुवै सदनको पहिलो बैठकलाई दलका शीर्ष नेताहरुले सम्वोधन गर्ने तयारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

सेनेगललाई पराजित गर्दै नर्वे नकआउट प्रवेश

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group