चितवन, २१ फागुन । भरतपुर अस्पतालको झ्यालबाट हाम्फालेर एक बिरामीले आत्मा हत्या गरेका छन् । पश्चिम चितवनको जगतपुरस्थित ध्रुव घर भएका ५२ वर्षीय धनराज सुब्बाले अस्पतालको झ्यालबाटै हामफालेर आत्मा हत्या गरेको चितवनका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिनुभयो ।
उनी यही फागुन १९ गते अल्कोहलका कारण प्याङक्रियाज सुनिएर उपचारका लागि भरतपुर अस्पतालमा भर्ना भएका थिए । भरतपुर अस्पतालको मेडिकल वार्डमा उपचाररत सुब्बाले आइतबार साँझ करिब ५ः३० बजे अस्पतालको झ्यालबाट हाम्फालेर आत्मा हत्या गरेको प्रहरीले जनाएको छ ।
उहाँका अनुसार सुब्बाले अस्पतालको शौचालयको झ्यालबाट हाम्फालेका थिए । गम्भीर अवस्थामा भेटिएका उनको सोही अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।
अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर युवानिधि बस्यौलाका अनुसार उनको आकस्मिक कक्षमा उपचारकै क्रममा ज्यान गएको र शवलाई अस्पतालमै राखिएको छ ।
प्रतिक्रिया दिनुहोस्