ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रपतिको शपथ लिँदै दिसानायकेले भने : म जादुगर होइन, तर सकेसम्म राम्रो गर्छु


एबीसी न्यूज
७ आश्विन २०८१, सोमबार   ४ : ११   बजे

काठमाडौं ७ असोज । शनिबारको निर्वाचन जितेका अनुरा कुमारा दिसानायकेले श्रीलंकाको नयाँ राष्ट्रपतिको शपथ लिएका छन्। आइतबार निर्वाचन आयोगले उनलाई विजेता घोषित गरेको थियो।

कोलम्बोस्थित राष्ट्रपति कार्यालय भवनमा सोमबार बिहान उनले शपथ लिएका हुन्।

उनले श्रीलंकाले भोगिरहेको समस्याको जटिलता आफूले बुझेको र जनताको आशा पूरा गरी उनीहरूको विश्वास जित्न कडा मेहनत गर्ने वाचा गरे।

‘राजनीतिकर्मीहरूमा जनताको विश्वास फर्काउन म आफ्नो क्षमताले भ्याएसम्म सबैथोक गर्नेछु,’ शपथपछि उनले भने, ‘म जादुगर होइन। मैले जानेका कुरा छन्, नजानेका कुरा पनि छन्। तर, म सर्वोत्कृष्ट सल्लाह लिनेछु र सकेसम्म राम्रो गर्नेछु। त्यसका लागि मलाई सबैको सहयोग चाहिन्छ।’

जेभीपी नामक पार्टीका यी ५५ वर्षीय नेताले नेसनल पिपुल्स पावर नामक गठबन्धन बनाएर चुनावमा भाग लिएका थिए। उनले ४२।३१ प्रतिशत मत प्राप्त गरेका थिए।

भ्रष्टाचार निवारण गर्ने र श्रीलंकाको राजनीति शुद्धीकरण गर्ने वाचाका साथ उनी चुनावमा उठेका थिए।

श्रीलंकामा अहिले अन्तर्राष्ट्रिय मुद्राकोषको सहायतामा स्थिति केही सुधार भएको छ। तर, मितव्ययिताका कडा सर्त पालना गर्दा गरिब जनताले ठूलो आर्थिक कठिनाइ बेहोर्नु परिरहेको छ।

जेभीपीले विगतमा दुईपटक सशस्त्र संघर्ष गरेको थियो। असफल ती विद्रोहहरूमा ८० हजारभन्दा बढी मानिस मारिएका थिए।

पार्टी नेतृत्वमा आएपछि दिसानायकेले पार्टीको छवि बदल्ने कोसिस गरेका थिए। उनी चे ग्वेभारा लगायत क्रान्तिकारीहरूलाई आफ्नो नायक मान्ने गर्छन्।

राजनीतिमा उदाएपछि उनले आफ्ना केही नीति नरम पारेका छन्। खुला अर्थतन्त्रलाई समर्थन र निजीकरणको विरोधलाई नरम तुल्याएका छन्। एजेन्सी

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

बिहारमा सामूहिक बलात्कार : २०१२ को दिल्ली काण्डको सम्झना, प्रहरी र अस्पतालको चरम लापरबाही

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group