ABC NEWS NEPAL | No.1 News channel of Nepal
२० श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दोहोरो अंकले घट्यो शेयर बजार


admin
२१ फाल्गुन २०७४, सोमबार   ५ : ०५   बजे

काठमाडौँ, २१ फागुन। लगातार ओरालो लाग्दै आएको शेयर बजार आज पनि दोहोरो अंकले घटेको छ ।

आइतबार ४१ अंकले घटेको बजार आज १६.६९ अंकले घटेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार दोहोरो अंकले बजार घट्दा नेप्से परिसूचक एक हजार २८७.७४ बिन्दुमा पुगेको छ ।

‘क’ वर्गका शेयर कारोबारको मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ३.२४ बिन्दुले घटेर २७३.५६ बिन्दुमा पुगेको छ । स्टकका अनुसार आज नौ लाख ७७ हजार ४७ कित्ता शेयर रु ३९ करोड ५२ लाख १७ हजार मूल्यमा कारोबार भएको छ ।

उपसूचकतर्फ व्यापार र होटल समूहको शेयरको मूल्य बढे पनि अरु उपसूचक भने घटेका छन् । व्यापार समूह ६.८५ र होटल २.४८ बिन्दुले उकालो लाग्दा बैंकिङ ९.८७, विकास बैंक ११.४, जलविद्युत् ४५.४, फाइनान्स ६.०९, बीमा ११९.२१, उत्पादन ४६.४७, अन्य १०.१९ र माइक्रोफाइनान्स ४३.७६ बिन्दुले घटेका छन् ।

गलत हल्लाले घट्यो बजार 

शेयर बजारको विश्लेषण गर्दै आउनुभएका विश्लेषक नीरव पुडासैनीका अनुसार गलत हल्लाका कारण बजार ओरालो लागेको हो । बजारमा हकप्रद तथा बोनस शेयरको पनि दबाब रहेका बेला अर्थमन्त्री डा युवराज खतिवडाको भनाइलाई गलत तवरले व्याख्या गरिएका कारण बजार प्रभावित भएको उहाँको टिप्पणी छ ।

शेयर लगानीकर्तालाई नआत्तिइकन धैर्यता राख्न र संयमित हुन आग्रह गर्दै विश्लेषक पुडासैनीले केही समय समस्या देखिए पनि अन्ततः बजार उकालो लाग्ने विश्वास व्यक्त गर्नुभयो । गलत हल्लाका कारण पनि बजार प्रभावित भएको भन्दै त्यस्तो हल्लाका पछाडि नलाग्न शेयर बजारका जानकारले आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अन्तर्राष्ट्रिय संस्थाको विज्ञप्तिप्रति कानुनमन्त्रीको आपत्ति, ‘नेपालको सार्वभौमिकतामाथि हस्तक्षेप’

ओलीको ‘ग्रीन सिग्नल’पछि कोसीमा हिक्मत कार्कीकै निरन्तरता, आवश्यक परे सामूहिक राजीनामाको सहमति

सम्बन्धित

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu