ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एकैसाथ पाँचवटा आयोजना अध्ययन गर्दै उत्पादन कम्पनी


admin
२१ फाल्गुन २०७४, सोमबार   ६ : २८   बजे

काठमाडौँ, २१ फागुन । सरकारी स्वामित्वको विद्युत् उत्पादन कम्पनीले विभिन्न पाँचवटा जलविद्युत् आयोजनाको अध्ययन कार्य अगाडि बढाएको छ ।

ती आयोजनाको कूल क्षमता दुई हजार २१० मेगावाट रहेको छ । जलविद्युत् लगानीका फरकफरक स्रोतको पहिचान तथा निर्माण कार्यलाई गति दिने लक्ष्यका साथ दुई वर्ष पहिले स्थापना भएको कम्पनीले फुकोट कर्णाली, किमाथांका अरुण, भेरी एक र जगदुल्ला जलविद्युत् आयोजनाको अध्ययन गरिरहेको छ ।

यस्तै विकास समितिमार्फत अगाडि बढ्ने नलगाड जलविद्युत् आयोजनाको हाल विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयारीको चरणमा रहेको छ । फुकोट कर्णाली जलविद्युत् आयोजनाको क्षमता ४२६ मेगावाट छ ।

यस्तै किमाथांका अरुण ४५० मेगावाट, भेरी एक ६१७ मेगावाट र जलदुल्लाको क्षमता ३०७ मेगावाट रहेको छ । सो कम्पनीका प्रबन्ध निर्देशक मोहनराज पन्तका अनुसार सबै आयोजनाको एकीकृतरुपमा अध्ययन अगाडि बढाइएको छ । अध्ययन सम्पन्न भएपछि आयोजनालाई कम्पनी ढाँचामा स्वदेशी लगानीमा समेत अगाडि बढाउने तयारी गरिएको छ ।

अरुण नदीमा निर्माण हुने किमाथांका अरुण संखुवासभाको चेपुवा र किमाथांकामा अवस्थित छ । हाल कम्पनीले आयोजनाको सम्भाव्यता र वातावरणीय अध्ययन गरिरहेको छ ।

यस्तै, भेरी नदीमा निर्माण गरिने जलगदुल्ला आयोजना जाजरकोटको साविक गौतमकोट र स्यालगडी गाविस तथा कर्णाली अञ्चलको डोल्पाको साविक नर्कु, कालिका, लहै, खिलुपहाड र काइगाँउलाई प्रभाव पार्ने छ । आयोजनाको हाल सम्भाव्यता तथा वातावरणीय अध्ययन भइरहेको छ ।

कम्पनीले जलाशयुक्त आयोजनाको रुपमा भेरी एक परियोजनाको समेत अध्ययन गरिरहेको छ । रुकुमको साविक नर्खु, कालिका र लहै तथा भेरी अञ्चलको जाजरकोटको गौतमकोट र स्यालगडी गाविस तथा डोल्पाको रग्दा र भगवतीटोलमा अवस्थित भेरी नदीमा पहिचान भएको ६१७ मेगावाट क्षमताको आयोजनाको पनि सम्भाव्यता र वातावरणीय प्रभाव मूल्यांकन भइरहेको छ ।

यस्तै कम्पनीले अध्ययन गरिरहेको अर्धजलाशययुक्त आयोजनाको रुपमा फुकोट कर्णालीको अध्ययन गरिरहेको छ । कर्णाली नदीमा अवस्थित सो आयोजना कालीकोटको साविक मान्मा, रकु, दह, पाखा, बडालकोट, रामनाकोट, नानीकोट, फुकोट, स्यूना, सिप्खाना, मुम्रा र मेहालमुदी प्रभावित हुनेछ । सो आयोजनाको समेत हाल सम्भाव्यता तथा वातावरणीय अध्ययन भइरहेको छ ।

ती आयोजनाको अध्ययन अबको एक वर्षभित्र सक्ने तयारी गरिएको छ । सम्भाव्यता अध्ययन सकिएपछि डिपिआरको काम शुरु हुनेछ । ऊर्जा मन्त्रालयले चारवटा आयोजनाको अध्ययनका लागि दुई वर्षको म्याद दिएको हो ।

“सबै आयोजनाको कम्पनीले अध्ययन गरिरहेको छ । हामी तोकिएको समयमा नै अध्ययन सकेर निर्माण अगाडि बढाउने सोचमा छाँै” कम्पनीका प्रबन्ध निर्देशक पन्तले भन्नुभयो ।

यस्तै विकास समिति खारेज भएपछि उत्पादन कम्पनी मातहत नै नलगाड जलविद्युत् आयोजना समेत आएको छ । सो आयोजनाको हाल पहुँच मार्ग निर्माण, कर्मचारी आवासगृह निर्माण तथा विस्तृत परियोजना प्रतिवेदनको काम भइरहेको छ । निर्माण सामग्री तथा विस्फोटक पदार्थको अभावमा केही समय रोकिएको पहुँचमार्ग निर्माण कार्य पछिल्लो दिनमा पुनः शुरु भएको छ ।

सरकारले दश वर्षमा १७ हजार मेगावाट जलविद्युत् उत्पादन गर्ने लक्ष्यका साथ कार्ययोजना अगाडि बढाइएको सन्दर्भमा विद्युत् उत्पादन कम्पनीले समेत आफ्नो तदारुकता बढाएको हो । कम्पनीमा ऊर्जा मन्त्रालय, अर्थ मन्त्रालय, कानून न्याय तथा संसदीय मामिला मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण, कर्मचारी सञ्चयकोष, नागरिक लगानी कोष, जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेड, नेपाल दूरसञ्चार कम्पनी लिमिटेड र राष्ट्रिय बीमा संस्थानको लगानी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

अतिधनीहरूको उदय : २,४०० वर्षअघि प्लेटोले देखेको खतरा

रवि लामिछानेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियोग हटेपछि प्रधानमन्त्री बन्ने सम्भावनासमेत बलियो

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

बजेट ‘शक्तिकेन्द्र’ को वरिपरि घुम्यो: रास्वपा सांसदहरूकै कडा आलोचना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group