ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जम्मु–कस्मिरमा विधानसभा निर्वाचनअन्तर्गत अन्तिम चरणको मतदान


एबीसी न्यूज
१५ आश्विन २०८१, मंगलबार   १ : ३०   बजे

काठमाडौं १५ असोज । भारत प्रशासित कश्मीरमा मङ्गलबार विधानसभा निर्वाचनअन्तर्गत तेस्रो एवम् अन्तिम चरणको मतदान सुरु भएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारद्वारा सन् २०१९ मा जम्मु–कस्मिरको विशेष दर्जा हटाइयो र केन्द्र शासित दुई प्रदेश सिर्जना गरिएको थियो । भारत–पाकिस्तानबीच विभाजित रहेको क्षेत्र त्यसबेलादेखि सङ्घीय रूपमा नियुक्त गभर्नरको नियन्त्रणमा रहँदै आएको छ ।

३५ वर्षदेखि द्वन्द्वको सामना गरिरहेको जम्मु–कस्मिर क्षेत्रमा करिब पाँच लाख भारतीय सेना तैनाथ गरिएको छ र मङ्गलबारको निर्वाचनमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

उच्च बेरोजगारी दर र सन् २०१९ को परिवर्तनप्रति आक्रोशले अभियानलाई उत्प्रेरित गरेको छ र स्थानीय दलहरूले कस्मिरको स्वायत्तताको पुनर्स्थापनाका लागि लड्ने वाचा गरेका छन् ।

मतदानको पहिलो दुई चरणमा ५५ प्रतिशतभन्दा बढी योग्य मतदाताले मतदान गरेका थिए ।

विद्रोहीहरूले स्वतन्त्रता वा पाकिस्तानसँग विलयको माग गर्दै दशकौँदेखि भारतीय सेनासँग लडिरहेका छन्। करिब एक दशकपछि जम्मु–कस्मिरमा भएको निर्वाचनलाई मध्यनजर गर्दै प्रदेशभर सुरक्षा व्यवस्था कडा पारिएको छ । निर्वाचनको परिणाम अक्टोबर ८ मा घोषणा गरिनेछ । राससरएएफपी

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कम्युनिष्ट पार्टीहरूबीच एकताको दबाब दिन धनगढीमा वृहत् कार्यक्रम

संसदमा ‘गुन्डाराज’ शब्दलाई लिएर रास्वपा र एमाले सांसदबीच घम्साघम्सी

सम्बन्धित

भारतीय सेनाध्यक्षलाई मानार्थ महारथी दिने समारोहमा प्रधानमन्त्री शाह अनुपस्थित

ट्रम्पको लोकप्रियता ओरालोमा, अनुमोदन दर ३३ प्रतिशतमा झर्‍यो

किम जोङ–उनसँग पुनः सम्पर्क भएको ट्रम्पको संकेत

पुटिनको कुरिल भ्रमणपछि रुस–जापान कूटनीतिक तनाव चर्कियो

युरोपमा चर्को गर्मी र डढेलोबीच जर्मनीमा संविधानमै जलवायु सुरक्षा राख्ने प्रस्ताव

हर्मुज जलमार्गमा जहाजमाथि आक्रमण, चालक दलका एक सदस्यको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu