काठमाण्डौं,२२ फागुन । नेपाल र पाकिस्तानबीच कुटनीतिक सम्बन्ध स्थापित भएको ५८ वर्ष भएको छ । सन् १९६० मार्च २९ का दिन दुई मुलुकबीच औपचारिक सम्बन्ध स्थापित भएको थियो । नेपालले स्वतन्त्र भारतसंग कुटनीतिक सम्बन्ध स्थापित गरेको वर्षौपछि मात्र पाकिस्तानसंग सम्बन्ध गांसेको थियो । सन् १९६० मा कुटनीतिक सम्बन्ध स्थापित भएसंगै पाकिस्तानसंग नेपालको सम्बन्ध सुमधुर रहंदै आएको छ । तर, यतिका लामो सम्बन्ध भने कता कता हराए जस्तो देखिन्छ ।
स्वतन्त्र परराष्ट्र नीति भनिए पनि नेपालले तेस्रो मुलुकसंगको सम्बन्ध स्थापित गर्ने सवालमा भारतको कर्के नजर सधैंभर रहने गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पञ्चशीलको सिद्धान्तको आधारमा परराष्ट्र नीति बनाउने वाचा गरेका छन् । र, यही मौकामा सबैलाई अचम्मित पार्दै पाकिस्तानका प्रधानमन्त्री शाहिद खकान अब्बासीले नेपाल भ्रमण गरेका छन् ।
अब्बासीको भ्रमणबाट नयां दिल्लीमा भुईंचालो गएको छ । साउथ ब्लकको निद्रा हराएको छ । सार्कको अध्यक्ष मुलुक नेपालमा सार्क सम्मेलनको आतिथ्यताका लागि तड्पिरहेको मुलुक पाकिस्तानका प्रधानमन्त्री किन आए ? के आयाम छ यो भ्रमणको ?
प्रतिक्रिया दिनुहोस्