ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

टी–२० क्रिकेट : नेपालको विजयी सुरुवात


एबीसी न्यूज
२ कार्तिक २०८१, शुक्रबार   ११ : ०५   बजे

काठमाडौं २ कात्तिक । अमेरिकाविरुद्ध टी–२० सिरिजमा नेपालले विजयी सुरुवात गरेको छ । अमेरिकाको टेक्ससस्थित ग्रान्ड पिएरे मैदानमा शुक्रबार बिहान भएको पहिलो खेलमा नेपालले अमेरिकालाई १७ रनले हरायो ।

जितका लागि एक सय ६५ रनको लक्ष्य पछ्याएको अमेरिका निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ४७ रनमा समेटिएको थियो ।

अमेरिकाका लागि शयन जहानगिरले सर्वाधिक अविजित ६० रन बनाउनुभयो । यस्तै आन्द्रेस गौसले ३०, मिलिन्ड कुमारले २२ र जसदीप सिंहले १६ रन बनाउनुभयो ।

बलिङमा नेपालका दीपेन्द्रसिंह ऐरीले तीन विकेट लिनुभयो । रिजन ढकाल, करण केसी र गुलशन झाले एक एक विकेट लिनुभयो । दीपेन्द्रसिंह प्लेयर अफ दि म्याच बन्नुभयो ।

यसअघि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ६४ रन बनाएको थियो । नेपालका लागि कप्तान रोहित कुमार पौलेलले अविजित ४९ रन बनाउनुभयो ।

यस्तै दीपेन्द्रसिंह ऐरीले २८, ओपनरद्वय अनिल शाह र आशिफ शेखले २७र२७ तथा गुलशन झाले ११ र कुशल भुर्तेलले १० रन बनाउनुभयो ।

बलिङमा अमेरिकाका जसदिप सिंह, सौरभ नेत्राभाल्कर र हर्मित सिंहले दुई दुई विकेट लिनुभयो । नोस्तुश केन्जिके र अलि खानले एक एक विकेट झार्नुभयो ।

आइसिसी एक दिवसीय विश्वकप लिग–२ सिरिज खेल्न अमेरिका पुगेको नेपाली टोलीले सिरिजअघि अमेरिकासँग तीन खेलको टी–२० क्रिकेट खेलेको हो । टी–२० सिरिजको दोस्रो खेल आइतबार र तेस्रो खेल सोमबार हुनेछ ।

टी–२० सिरिजपछि आइसिसी एक दिवसीय विश्वकप लिग–२ कात्तिक ९ देखि १९ गतेसम्म हुनेछ । एक दिवसीय त्रिकोणात्मक सिरिजमा आयोजक अमेरिका, नेपाल र स्कटल्यान्ड छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

दुर्गा प्रसाईँसँग वार्ता गर्न सरकारले समिति गठन गर्‍यो

कांग्रेसलाई ‘बिग टेन्ट’ पार्टीका रूपमा पुनर्गठन गर्न डिला संग्रौलाको जोड

सम्बन्धित

सुदूरपश्चिम रोयल्सले फेरि भित्र्यायो स्कट कुगेलेइन, तेस्रो एनपीएलमा पनि साथ

ब्याकयार्ड अल्ट्रा–२०२६ : अर्जुन र मन्जु च्याम्पियन

बार्सिलोना रोड्रीलाई भित्र्याउन सहमत, ६५ मिलियन पाउन्ड तिर्ने

इन्दु वर्मा क्यानडा सुपर–६० खेल्ने पहिलो नेपाली महिला क्रिकेटर बन्ने

म्यानचेस्टर सिटीलाई ३–० ले हराउँदै आर्सनलले जित्यो कम्युनिटी शिल्ड

पुराना दलको क्षयीकरण र नयाँ राजनीतिक शक्तिको चुनौती

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu