काठमाडौं २ कात्तिक । साफ महिला च्याम्पियनसिपमा माल्दिभ्सविरुद्ध खेलको पहिलो हाफमा श्रीलंकाले अग्रता बनाएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा शुक्रबारको पहिलो खेलमा श्रीलंकाले माल्दिभ्सविरुद्ध १–० ले अग्रता लिएको हो।
खेलको १८ औँ मिनेटमा परेराको क्रसमा इमेसा अनुराधिनीको गोलमा श्रीलंकाले सुरुवाती अग्रता बनाएको छ।
खेलको ३६ औँ मिनेटमा इमिसा अनुराधिनीको प्रहार मालदिभ्सकी गोलरक्षक अमिनाथ लिजाले रोकिन् त्यसकै रिवाउन्डको उनकै प्रहार किपरले पन्च गर्दै जोगाएकी थिईन्।
पहिलो हाफको आठौँ मिनेटमा गोलरक्षक अघि बढेको मौकामा श्रीलंकाकी सिभानेसस्वरन थर्मिकाले डिफेन्डरलाई बिट गर्दै गरेको फितलो प्रहार सेकेण्ड बारमा लाग्दै बाहिरियो।
१५ औँ मिनेटमा श्रीलंकाकी कोस्वाथेस परेराको कर्नर मालदिभ्सकी डिफेन्डरले क्लियर गरिन्।
आजै हुने समूह बी को दोस्रो खेलमा घरेलु टोली नेपाल र भुटान भिड्दैछन्।
प्रतिक्रिया दिनुहोस्