काठमाडौं ८ कात्तिक । एएफसी यु–१७ एसियन कप छनोटमा नेपालले जानपानसँग फराकिलो हार खेपेको छ ।
कतारको दोहामा बुधबार राति भएको खेलमा नेपाल जापानसँग ९–२ गोलले पराजित भयो । समूह ‘एफ’ को पहिलो खेलमा नेपालले सुरुवातमा अग्रता लिएपनि अन्तमा जापानसँग लज्जासपद हार खेपेको थियो ।
जापानको जितमा दाइची टानी चार र असदाले तीन गोल गर्नुभयो । कसाई र चानानले एक एक गोल गर्नुभयो । नेपालका लागि सबिनकुमार मगरले १२औँ मिनेटमा सुरुवाती गोल गर्नुभएको थियो । विपिन खड्काले ८८औँ मिनेटमा अर्को गोल फर्काउनुभयो ।
यही समूहको अर्को खेलमा आयोजक कतारले मङ्गोलियालाई २–० गोलले हरायो । नेपालले समूहको दोस्रो खेल अक्टोबर २५ मा आयोजक कतारसँग र अन्तिम खेल अक्टोबर २७ मा मङ्गोलियासँग खेल्नेछ ।
प्रतिक्रिया दिनुहोस्