ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विनोद चौधरी अर्बपति सूचीको १५६१ औं स्थानमा, गेट्सलाई उछिन्दै बेजोस सर्वाधिक धनी व्यक्ति बने


admin
२३ फाल्गुन २०७४, बुधबार   ३ : १६   बजे

काठमाडौं, २३ फागुन । विश्वभरीका खर्बपतिको सूची सार्वजनिक गर्दै आएको फोर्ब्स म्यागेजिनले २०१८ को मार्च ६ सम्मको तथ्यांक सार्वजनिक गरेको छ । नेपालका एक मात्र खर्बपति विनोद चौधरीको सम्पत्तिमा २० अर्ब रुपैयाँ वृद्धि भएको सो तथ्याङकमा उल्लेख छ ।

फोर्ब्सका अनुसार एक वर्षको अवधिमा चौधरीले करिब २० अर्ब रुपैयाँ आम्दानी गरेका छन्।

अघिल्लो वर्ष १ दशमलब ५ बिलियन डलर अर्थात १ खर्ब ५० अर्ब सम्पत्ति रहेकोमा यस वर्षको मार्च ६ सम्मको अवधिमा सो बढेर १ दशमलब ५२ बिलियन डलर अर्थात १ खर्ब ५२ अर्ब रुपैयाँ पुगेको हो।

चौधरी सम्पत्तिसँगै डलर अर्बपतिको सूचीमा दुई स्थान माथि उक्लेका छन्।

फोर्ब्सले विश्वभरीका २ हजार २०८ जना डलर अर्बपतिको सूचीमा चौधरी १५६१औँ स्थानमा छन्। अघिल्लो वर्ष उनी १५६३औँ स्थानमा सूचीकृत थिए।

फोर्ब्सले चौधरीको आम्दानीको प्रमूख स्रोतमा नविल बैंक, चौधरी ग्रुप कर्प अन्तर्गतका विभिन्न उद्योग तथा होटल भएको बताएको छ।

त्यस्तै ६ वर्षको अवधिमा चौधरीले आफ्नो सम्पत्ति करिब ५० अर्बले बढाएका छन्।

सन् २०१३ को मार्च महिनामा चौधरीको कुल सम्पत्ति एक खर्ब थियो भने २०१४ मा १ खर्ब १० अर्ब, २०१५ मा १ खर्ब ३० अर्ब, २०१६ मा १ खर्ब १० अर्ब र २०१७ मा १ खर्ब ३० अर्ब पुगेको छ।

चौधरीको सम्पत्ति सन् २०१५ को मार्चमा १ खर्ब ३० अर्ब रहेकोमा २०१६ मा भने २० अर्बको गिरावट आउँदै १ खर्ब १० अर्बमा सिमित भएको थियो। त्यसपछि भने उनको सम्पत्ति बढ्दै गएको छ।

फोर्ब्सले सार्वजनिक गरेको डलर अर्बपतिको सूचीमा विश्वभरीका २ हजार २०८ जना अटाएका छन् जसमा २५९ जना नयाँ धनाढ्य समावेश छन्।

यी सबैको सम्पत्ति जोड्दा ९ दशमलब १ ट्रिलियन डलर हुन आउँछ जुन अघिल्लो वर्षको तुलनामा १८ प्रतिशत बढी हो।

७२ देशका धनाढ्य अटाएको यस सूचीमा हंगेरी र जिम्वावे समेत प्रवेश गरेका छन्।

सूचीमा अमेरिकी मात्र ५८५ जना तथा चीनका ३७३ जना छन्। सूचीको पहिलो स्थानमा अमेजनका जेफ बेजोसले माइक्रोसफ्टका बिल गेट्सलाई उछिनेका छन्।

बेजोसको सम्पत्ति बिल गेट्सकोभन्दा २२ बिलियन डलर बढी छ। बेजोसको सम्पति ११२ बलियन डलर छ भने गेट्सको ९० बिलियन डलर छ।

सूचीको तेश्रो स्थानमा सेयरका वादशाह तथा बर्कसायर आथवेका ८४ बिलियन डलर सहित वारेन वफेट, चौंथोमा फ्रान्सको बहुराष्ट्रिय कम्पनी एलभीएचएमका बर्नड अर्नल्ट तथा पाँचौमा फेसबुकका संस्थापक मार्क जुकरवर्ग ७१ बिलियन डलर सहित समावेश छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

अतिधनीहरूको उदय : २,४०० वर्षअघि प्लेटोले देखेको खतरा

रवि लामिछानेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियोग हटेपछि प्रधानमन्त्री बन्ने सम्भावनासमेत बलियो

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

बजेट ‘शक्तिकेन्द्र’ को वरिपरि घुम्यो: रास्वपा सांसदहरूकै कडा आलोचना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group