यो हालको यस्तो घटनाको रूपमा परिचित छ, जसमा चुनावी रातमा मतदान बन्द भएपछि प्रारम्भिक रूपमा देखिएको रिपब्लिकनको अग्रता रातको अन्त्य वा चुनावको दिन पछि आउने मेल–इन मतपत्रहरूको गणनाद्वारा मेटिन्छ।
पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले रातो मृगतृष्णालाई आफ्नो आधारहीन चुनावी धाँधलीको आरोपहरूलाई समर्थन गर्न प्रयोग गरेका छन्, जबकि वास्तवमा यो मेल–इन मतदानको वृद्धि र ती मतपत्रहरू कहिले गणना गर्न सकिन्छ भन्ने अनौठो नियमहरूको परिणाम हो।
२०२० मा के भयो ?
२०२० को नोभेम्बर ३ मा चुनावी रातमा जब अधिकांश अमेरिकीहरू सुत्न गए, अन्तिम परिणाम स्पष्ट थिएन।
त्यतिखेरका राष्ट्रपति ट्रम्प र अहिलेका राष्ट्रपति जो बाइडेन बीचको प्रतिस्पर्धा अझै पनि एरिजोना, उत्तर क्यारोलिना, नेभाडा, विस्कन्सिन, मिशिगन, मैन, जर्जिया र पेनसिलभेनियाको महत्त्वपूर्ण राज्यहरूमा देसखिन बाँकी थियो।
पछिल्ला दिनहरूमा यी राज्यहरूमा मत गणनालाई हेर्न नाटकीय घण्टाहरू बित्ने थिए। नोभेम्बर ६ को बिहानमा जर्जियामा बाइडेनको अग्रता देखाउन सुरु भयो, जब सिएनएनका फिल म्याटिङ्लीले ूम्याजिक वालूमा देखाएझैं, साना–साना ब्याचका मतहरू गणना हुँदै थिए र निकट चुनावमा असर पुर्याइरहेका थिए।
सिएनएनले चुनावको दिन र त्यसपछि चार दिनसम्म, नोभेम्बर ७ मा, बाइडेनले चुनाव जित्ने प्रक्षेपण गर्न सक्यो, तर गणना जारी नै रहेको थियो। म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीका अनुसन्धानकर्ताहरूले गरेको विश्लेषणले बाइडेनले जितेका काउन्टीहरूले औसतमा ट्रम्पले जितेका काउन्टीहरूको भन्दा ढिलो गणना गरेका थिए भन्ने देखायो।
२०१६ मा पनि निलोको छलांग देखिएको थियो, तर त्यो निर्णायक थिएन। सिएनएनका मार्शल कोहेनले लेखेझैं, हिलारी क्लिन्टनले चुनावी दिनको भोलिपल्ट आफ्नो पराजयलाई स्वीकार गर्दै अमेरिकनहरूलाई सम्बोधन गर्दा, उनी अझै पनि लोकप्रिय मतमा पछाडि नै थिइन्। मतहरूको बिस्तारै आउने क्रमले उनलाई ह्वाइट हाउस त दिन सकेन, तर लोकप्रिय मतमा उनलाई लाखौँ मतको अग्रता दिलाउन पर्याप्त थियो।
२०२० मा सबैभन्दा ढिलो गणना गर्ने राज्यहरू जस्ता क्यालिफोर्निया, जो डेमोक्र्याटिकहरु रूपमा चिनिन्छ र बलियो छ र जहाँ प्रत्येक दर्ता भएको मतदातालाई मेल–इन मतपत्र पठाइन्छ। यसको अर्थ लोकप्रिय मतमा निलो छलांगको क्रम अझै पनि देखिन सक्छ, यद्यपि यसले राष्ट्रपति चुनावको नतिजा निर्धारण गर्ने प्रक्रियामा ढिलाइ नगर्ला।
स्मरणीय र महत्त्वपूर्ण के छ भने सिएनएन जस्ता समाचार नेटवर्कहरूले विजेताको घोषणा गर्दा, नतिजा स्पष्ट हुँदा मात्र गर्छन्, चुनावहरू आधिकारिक रूपमा प्रमाणित नभएसम्म अन्तिम हुँदैनन्। प्रमाणिकरणका समय सीमा राज्यअनुसार फरक हुन्छ, तर तिनीहरूले पुनःगणना पूरा गर्न, यदि आवश्यक परेमा, र राष्ट्रपतिको नतिजासँग सम्बन्धित विवादहरू सुल्झाउन, २०२४ को डिसेम्बर ११ सम्म समय पाउँछन्।
यसपालि कति समय लाग्ला ?
कतिपय प्रमुख राज्यहरूमा यसपालि प्रक्रिया छिटो हुन सक्ने केही संकेतहरू छन्।
जर्जियामा, नयाँ चुनावी कानुनले धेरैलाई मेलमार्फत भन्दा व्यक्तिगत रूपमा अग्रिम मतदान गर्न प्रेरित गर्छ, जसले मेल–इन मतपत्रको गणनालाई छिटो बनाउन सक्छ। नर्थ क्यारोलिनाले अब चुनावको दिनपछि आएका मेल–इन मतपत्रलाई स्वीकार्दैन।
जर्जियाका स्टेट सेक्रेटरी ब्राड राफेन्स्पर्गर, जो रिपब्लिकन हुन्, ले हालै सीबीएसको ‘फेस द नेसन’मा भनेका छन्– उनी मतदान बन्द भएपछि केही घण्टामा अधिकांश मतपत्रहरू प्रक्रियामा आउँछन् र गणना हुने अपेक्षा छ।
‘सबै अग्रिम मतदान र सबै अग्रिम स्वीकृत मतपत्रहरू, ती सबैको परिणाम राति ८ बजे सम्ममा रिपोर्ट गर्नुपर्छ। यो चुनावी रातको रात ८ बजे सम्म कुनै पनि बेला ७०, सायद ७५ प्रतिशत मतदानको कुल परिणाम रिपोर्ट गरिनेछ’ उनले भने। तर यदि २०२० जस्तै २०२४ मा पनि चुनाव जर्जियामा बराबरी जस्तै भए, परिणाम अझै स्पष्ट नहुन सक्छ।
राफेन्स्पर्गरलाई जर्जियामा विजेता निर्धारण गर्न एक हप्ता लाग्न सक्छ कि भनेर सोधिएको थियो।
‘अवश्य होइन’ उनले भने। ‘हामीले पर्खिरहेको कुरा भनेको शुक्रबार भन्दा ढिलो नआउने विदेशी मतपत्र हो, र त्यसपछि ती अन्तिम संख्या हुनेछ। र हामीले देख्न बाँकी छ कि यसले कुल मत संख्यामा फरक पार्छ कि छैन।’
अन्य राज्यहरू जस्तै पेनसिलभेनिया र विस्कन्सिन, जहाँ प्रमुख रणभूमि छन्, ले चुनावी अधिकारीहरूलाई चुनावको दिन अघि कुनै मतपत्र प्रक्रियामा ल्याउन सम्भव बनाएको छैन। तर ती ठाउँहरूमा पनि गणना छिटो हुन सक्छ, २०२० महामारीकालीन चुनावको तुलनामा अधिक अनुभव र कम मतपत्रहरूलाई व्यवस्थापन गर्नुपर्दा। सेन्टर फर इलेक्शन इन्नोभेसन एन्ड रिसर्चले मेल–इन मतपत्रको प्रक्रियाका लागि विभिन्न नियम र समय सीमाको एक सिंहावलोकन प्रस्तुत गरेको छ।
मिशिगनमा, जहाँ अर्को प्रमुख राज्य हो, जहाँ चुनावको दिन अघि मतपत्रहरूको प्रक्रिया गर्न सकिन्छ, राज्य सचिव जोस्लिन बेन्सन, जो डेमोक्र्याट हुन्, लाई सीबीएसमा कति समय लाग्छ भनेर सोधिएको थियो। बेन्सनले भनिन् कि उनी नोभेम्बर ६, बुधवारको अन्त्यसम्ममा नतिजा थाहा पाउने आशा गर्छिन्, जुन मतदान बन्द भएको एक अर्के दिन हो।
‘हामी सँधै शुद्धता र सुरक्षालाई दक्षताभन्दा प्राथमिकता दिनेछौं’ उनले भनिन्।
निकट चुनावहरू बुझ्न समय लाग्न सक्छ।
यदि मतको अन्तर साँघुरो रह्यो भने, यसमा अझै केही दिन लाग्न सक्छ।
पेनसिल्भेनियाका शीर्ष चुनाव अधिकारी रिपब्लिकन अल श्मिट हुन्, जसले हालै एनपीआरलाई भने कि मानिसहरूले मतदान बन्द भएपछि प्रणालीमा विश्वास गर्नुपर्नेछ।
‘२०२० मा… हामीले चुनावी रातको ८ बजे मतदान बन्द हुने समयदेखि चुनावको नतिजा घोषणा हुने समयलाई कमजोर अवधिको रूपमा देख्यौँ, जहाँ मानिसहरूले परिणामप्रति विश्वास कमजोर पार्न खोजिरहेका थिए’ उनले भने, र अन्तमा सबै मतहरूको गणना भएपछि पेनसिल्भेनियाको परिणाम त्यति नजिक थिएन भनी उल्लेख गरे।
निकटतम चुनावहरूलाई समय लाग्न सक्छ, जुन २००० को चुनाव सम्झिने जो कोहीले प्रमाणित गर्न सक्छ। फ्लोरिडामा भएको निकट चुनाव त्रुटिपूर्ण पञ्च–मतपत्र प्रणालीसँग जोडिएको थियो, जसले केही मतपत्रहरूमा ‘ह्याङ्गिङ च्याड्स’ (अधुरा पञ्चहरू)लाई बहसको विषय बनायो।
त्यो वर्षको चुनावको नतिजा ३६ दिनभन्दा बढी लम्बियो – अमेरिकाको सर्वोच्च अदालतले फ्लोरिडाको आंशिक पुनःगणना रोकेर चुनाव जर्ज डब्ल्यू. बुसलाई दिँदासम्म। त्यतिखेरका उपराष्ट्रपति अल गोरेले डिसेम्बर १३ मा पराजय स्वीकार गरे र आफ्नो पराजयको मतगणनामा सम्लग्न भएका तीन उपराष्ट्रपतिहरूमध्ये एक बने। ह्यारिस चौथो हुन सक्छिन्, वा जर्ज एच.डब्ल्यू. बुसपछिको आफ्नै विजय गणनामा संलग्न हुने पहिलो।
२०२४ को चुनावमा को विजयी हुन्छ भन्ने कुरा कसैलाई थाहा छैन भने, यसपालि विजेता निर्धारण गर्न कति समय लाग्छ भन्ने कुरा पनि पूरै स्पष्ट छैन।
:सीएनएनबाट ।
प्रतिक्रिया दिनुहोस्