काठमाडौं, १४ कात्तिक । साफ वुमन्स च्याम्पियनसिपको उपाधि बंगलादेशले जितेको छ । नेपाल भने फेरि उपविजेतामा सिमित भयो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनलमा बंगलादेशले घरेलु टोली नेपाललाई २-१ गोल अन्तरले हराएको हो ।
बंगलादेशले खेलको ८०औं मिनेटमा गोल गर्दै २–१ को अग्रता लिएको हो । यसअघि बंगलादेशले नेपालविरुद्ध १–० गोलको अग्रता लिएकोमा नेपालले केहि मिनेटमै गोल गरेर खेल बराबरी गरेको थियो ।
खेलको ५२औ मिनेटमा बंगलादेशले गोल गर्दै १–० को अग्रता लिएको थियो भने खेलको ५५औं मिनेटमा नेपालका लागि अमिशा कार्कीले गोल गर्दै खेल बराबरी गरेकी थिइन् ।
योसँगै बंगलादेशले लगातर दोस्रो पटक साफको उपाधि जितेको छ । बंगलादेशले २०२२ को साफ फाइनलमा पनि नेपाललाई पराजित गर्दै पहिलो पटक उपाधि जितेको थियो । त्यस्तै नेपालले भने यो सहित छैटौं पटक साफको फाइनलमा पराजित भएको छ ।
प्रतिक्रिया दिनुहोस्