ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यू-१९ महिला टी-२० विश्वकप छनोट : महिला क्रिकेटको रुपान्तरण लक्ष्य


एबीसी न्यूज
२१ कार्तिक २०८१, बुधबार   १ : १४   बजे

काठमाडौं २१ कात्तिक । युएईमा बुधबारदेखि आईसीसी यू १९ महिला टी २० विश्वकप एसिया छनोट सुरु हुँदैछ । नेपालले बुधबार थाइल्याण्डसँग खेल्दै छनोट यात्रा सुरु गर्नेछ । खेल नेपाली समय अनुसार दिउँसो सवा ३ बजे हुने छ ।

प्रतियोगिताका लागि दिल्लीमा प्रशिक्षण र केही अभ्यास खेलपछि नेपाली युवा टोली सोमबार दुबई पुगेको छ । दाङमा करिब दुई महिना प्रशिक्षण पछि नेपाली टोलीले दिल्लीमा समेत तयारी गरेको थियो । त्यतैबाट टोली युएई गएको हो ।

 

नेपाली टोलीले राम्रो तयारी गरेको र प्रतियोगिताको लागि तयार रहेको नेपाल यू १९ टिमका मुख्य प्रशिक्षक महेश प्रसाद रिजालले बताए । ‘हाम्रो तयारी राम्रो छ । हामीले पहिलो फेजमा फिटनेस र फिल्डिङमा निक्कै मेहनत गरेका थियौ । दोस्रो फेजमा ब्याटिङ, बलिङ र म्याच सिचुएसनमा केन्द्रित रहेर अभ्यास गरेका थियौ, दुबईबाट अनलाइनखबरसँगको कुराकानीमा प्रशिक्षक रिजालले भने, ‘दिल्लीको अभ्यास खेलले हामीलाई धेरै कुरा सिकाएको छ र यसले हामीलाई अहिले र हाम्रा खेलाडीहरुलाई पछि सम्म पनि निक्कै मद्दत गर्ने छ । त्यहाँको अभ्यास खेल हाम्रा लागि यो प्रतियोगितामा राम्रो प्रदर्शनका लागि आधार साबित हुनेछ ।’

एसिया छनोट प्रतियोगितामा नेपाल र आयोजक युएईसहित चार टोलीले प्रतिस्पर्धा गर्नेछन् । छनोट खेल्ने अन्य दई टोलीमा थाइल्याण्ड र कुवेत छन् । चार टोलबीच डबल राउण्ड रोविन आधारमा खेलहरु हुनेछ । हरेक टोलीले अर्को टोलीसँग २(२ खेल खेल्नेछन् । डबल राउण्ड रोविनको खेलहरु पछि धेरै अंक जोड्दै विजेता बन्ने एक टिम अर्को वर्ष मलेसियामा हुने आईसीसी यू १९ महिला टी २० विश्वकपका लागि छनोट हुनेछ ।

 

 

विश्वकप खेल्ने १६ टोलीमध्ये १५ टोलीको टुङ्गो लागिसकेको छ । जसमा अघिल्लो संस्करणका शीर्ष १० टोली, आयोजक मलेसिया अनी क्षेत्रीय छनोट जितेका नाइजेरिया, सामोअ, स्कटल्याण्ड र अमेरिका छन् । अमेरिका क्षेत्रमा भने अन्य कुनै टिम नभएकाले अमेरिका छनोट नखेली स्वतस् विश्वकप खेल्न छानिएको हो ।

अघिल्लो पटक एसिया छनोटमा तेस्रो भएपछि नेपालले यू १९ विश्वकप खेल्न पाएन । पुरुष टोलीले यू १९ विश्वकप खेलेपनि महिला टोलीले भने अहिलेसम्म खेलेको छैन । यसपटक नेपाली टोली त्यो लक्ष्य पूरा गर्न चाहन्छ । यस पटक राम्रो तयारी गरेको नेपालले नतिजा पनि राम्रो नै आश गरेको छ । मुख्य प्रशिक्षक रिजालले राम्रो प्रदर्शन गर्दै नतिजा निकाल्ने बताए । ‘हाम्रो लक्ष्य राम्रो क्रिकेट खेल्दै हाम्रो महिला क्रिकेटको रुपान्तरणका लागि आधार तयार गर्नु नै हो,’ उनले भने , ‘नेपालमा गरिएको अभ्यास र दिल्लीको अभ्यास खेलले गर्दा हाम्रो सबै पक्षमा राम्रो सुधार आएको अवस्था छ । अब यसलाई हामीले प्रतियोगितामा निरन्तरता दिने छौं ।’

यसअघि पनि नेपालले रिजालकै प्रशिक्षणमा यू १९ महिला विश्वकप छनोट प्रतियोगिता खेलेको थियो । उनी दोस्रो पटक युवा टोली सम्हालिरहेका छन् । त्यसैले उनका लागि पनि यो प्रतियोगिता महत्वपूर्ण हुनेछ । ‘प्रमुख प्रशिक्षकको रुपमा मेरो यो दोस्रो एसाइन्मेन्ट हो । नेपाल क्रिकेट संघले म माथि देखाएको विश्वासलाई मैले सही साबित गर्नु पर्ने छ नै । यस प्रतियोगिताले हाम्रो महिला क्रिकेटको रुपान्तरणको आधार तयार गर्ने कुरामा म विश्वस्त छु ।’

 

यसअघि सन् २०२७ मा हुने यू १९ महिला टी २० विश्वकप नेपालले पनि बंगलादेशसँग मिलेर आयोजना गर्दैछ । घरेलु मैदानमा हुने त्यस विश्वकपका लागि पनि अहिलेदेखि नै खेलाडी तयार पार्नको लागि यस पटक विश्वकपमा पुग्न सकेन ठूलो प्रेरणा मिल्नेछ । प्रशिक्षक रिजालले पनि खेलाडीहरुले यसको महत्व बुझेको बताए । ‘यो प्रतियोगिताको महत्व हाम्रा खेलाडीहरुले पनि राम्ररी बुझेको छन् र यो प्रतियोगितालाई लिएर निक्कै उत्साहित छन् ।’

छनोट प्रतियोगितामा हरेक खेल नै चुनौतीपूर्ण हुने र त्यसलाई आत्मसाथ गरेर अघि बढ्ने प्रशिक्षक रिजालले बताए । ‘टी२० क्रिकेटमा स्वभाविक रुपमा चुनौती हुन्छ । हामीले हरेक खेललाई चुनौतीको रुपमा नै लिएका छौं,’ उनले भने ‘हामी आफू राम्रो क्रिकेट खेल्ने कुरामा केन्द्रित रहन्छौँ ।’

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group