ABC NEWS NEPAL | No.1 News channel of Nepal
२० श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सातौँ अन्तर्राष्ट्रिय व्यापार मेलामा जोस्सिए प्रधानमन्त्री ओली


admin
२४ फाल्गुन २०७४, बिहिबार   ३ : ३५   बजे

काठमाडौं, २४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले अबको पाँच वर्षमा असाधारण विकास गर्ने दाबी गर्दै देशमा कसैले पनि भोकै मर्ने अवस्था नआउने बताएका छन् ।

प्रधानमन्त्री ओलीले अबको समय देश विकास गर्ने भएको भन्दै पाँच वर्ष सरकारले क्यालेन्डर बनाएरै काम गर्ने बताए।

नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको सातौँ अन्तर्राष्ट्रिय व्यापार मेलामा बोल्दै ओलीले भने, ‘दियर विल वी नो बेगर इन नेपाल’। सरकारले सबैको जिम्मा लिन्छ। उनले विकासका आयोजना शिलान्यास मात्र हुने प्रवृतिको अन्त्य गर्ने बताउँदै भ्रष्टाचार विरुद्धमा पनि निर्मम भएर लाग्‍ने बताए।

ओलीले सरकारले उत्पादन वृद्धि र रोजगारीको अवसर सिर्जना पूर्ण इफोर्ट लगाउले बताए।

कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव पनि आक्रामक रुपमा प्रस्तुत भएका छन् ।

यादवले सरकारले भ्रष्ट ठेकेदार र कर्मचारी कसैलाई पनि नछोड्ने बताए। ‘नेता मन्त्री बनेपछि औषधि गर्न विदेश जान्छन्, कर्मचारी असुली गर्न जान्छन्, तस्करहरु कर्मचारीलाई घुस खुवाउन जान्छन् अब यस्ता धन्दा चल्दैनन्,’ यादवले भने।

पाँच वर्षमा देशलाई नमुना बनाउने दाबी गर्दै यादवले गलत काममा लाग्नेलाई कडा भन्दा कडा कारबाही गरिने बताए ।

उनले भने, ‘ अब प्रष्ट भए हुन्छ, घुस खुवाउनेको काम अब हुँदैन। घुस खानेको त के–के हुन्छ, हेर्दै जानुस्।’

फागुन २४ देखि २८ गते सम्म चल्ने सातौँ अन्तर्राष्ट्रिय व्यापार मेलामा नेपाल भारत, चिन र बंगलादेशका ३ सय भन्दा बढी कम्पनीहरुको स्टल रहने छ। मेलामा हस्तकला, पर्यटन, सूचना प्रविधि, उर्जा, भवन निर्माण सम्बन्धी, सवारीसाधन लगायतका विभिन्न स्टलहरु रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अन्तर्राष्ट्रिय संस्थाको विज्ञप्तिप्रति कानुनमन्त्रीको आपत्ति, ‘नेपालको सार्वभौमिकतामाथि हस्तक्षेप’

ओलीको ‘ग्रीन सिग्नल’पछि कोसीमा हिक्मत कार्कीकै निरन्तरता, आवश्यक परे सामूहिक राजीनामाको सहमति

सम्बन्धित

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu