ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इजरायल लेवनानी विद्रोही समहु हिजबुल्लाहसँग युद्धविरामका लागि तयार


एबीसी न्यूज
१२ मंसिर २०८१, बुधबार   ९ : ५१   बजे

काठमाडौं १२ मंसिर । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले आफ्नो मन्त्रिमण्डलबाट लेवनानी विद्रोहीसमूह हिजबुल्लाहसंगको युद्धविराम प्रस्ताव पारित गरेका छन् ।

इजरायल र हिजबुल्लाह बीचको युद्धविरामले दशकौं लामो सबैभन्दा घातक लडाइँको अन्त्य गर्न मद्दत गर्ने आशा गरिएको छ । यो सम्झौता बुधबार बिहानदेखि आधिकारिक रूपमा लागू भएको छ। यो युद्धविराम सम्झौता अमेरिकी राष्ट्रपति जो बाइडेनले घोषणा गरेपछि, र इजरायलले यसका शर्तहरू स्वीकृत गरेपछि लागू भएको हो।

सम्झौताअनुसार, इजरायलले आगामी ६० दिनमा क्रमिक रूपमा आफ्नो फौजलाई लेबनानबाट फिर्ता गर्नेछ र हिजबुल्लाहले इजरायलको सिमाना नजिक आफ्नो स्थिति मजबुत गर्ने छैन । यसैगरी, लेबनानी सैनिकहरूले दक्षिणी क्षेत्रतर्फ थप फौज पठाएर आफ्नो क्षेत्रको नियन्त्रण पुनः प्राप्त गर्नेछन्। यो सम्झौता इजरायल, लेबनान र मध्यस्थतामा संलग्न राष्ट्रहरू, संयुक्त राज्य अमेरिका बीचको सम्झौतामा आधारित छ।

यस अघिको आक्रमणमा लेवनानमा ३,८०० भन्दा बढी व्यक्तिहरूको मृत्यु भएको छ । एक मिलियनभन्दा बढी मानिसहरू आफ्ना घरबाट विस्थापित भएका छन्। यो संघर्ष लेबनानको १५ वर्ष लामो गृहयुद्धपछि भएको सबैभन्दा रक्तपातपूर्ण संघर्ष भएको छ।

राष्ट्रपति बाइडेनले युद्धविरामलाई ूदायित्व र शत्रुताको स्थायी अन्त्यको पहिलो कदमूको रूपमा हेरिरहेको आशा व्यक्त गरे।

युद्धविराम उल्लङ्घन गरेमा हिजबुल्लाहको कुनै पनि क्रियाकलापको प्रत्युत्तर दिनको लागि आफ्नो अधिकार सुरक्षित राख्ने वाइडेन र नेतान्याहुले चेतावनी पनि दिएका छन् ।

 

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले २६ नोभेम्बरमा लेबनानमा अमेरिकी मध्यस्थतामा भएको युद्धविराम सम्झौतामा प्रारम्भिक समर्थन जनाएका थिए । युद्धविराम सम्झौताले हिजबुल्लाहसँगको झन्डै १४ महिने लडाइँलाई अन्त्य गर्न सक्छ।

प्रारम्भिक विवरण अनुसार प्रस्तावमा लडाइँको शुरुवातमा दुई महिना स्थगित गरिने छ, जसमा हिजबुल्लाहले आफ्नो लडाकूलाई लेबनानको लितानी नदीको उत्तर तर्फ फिर्ता गर्नेछ भने इजरायली फोर्सहरूले सिमा किनारको दक्षिण तर्फ फिर्ता हुनेछन्।

युद्धविरामको अवधि लेबनानी पक्षले सम्झौताप्रति आफ्नो भाग पूरा गर्ने कुरामा निर्भर रहने इजरायली प्रधानमन्त्री नेतान्याहुले बताएका छन् । एक टेलिभिजन सम्वोधनमा उनले भने ‘यदि हिजबुल्लाहले सम्झौता उल्लङ्घन गर्छ र आफ्नो सशस्त्र कारबाही अघि बढाउने प्रयास गर्छ भने, हामी आक्रमण गर्नेछौं। यदि यसले सीमा नजिक आतंकवादी पूर्वाधार पुनर्निर्माण गर्ने प्रयास गर्छ भने, हामी आक्रमण गर्नेछौं। यदि यसले रकेट प्रक्षिप्त गर्छ, सुरुङ खन्ने प्रयास गर्छ, वा रकेट बोकेको ट्रक ल्याउँछ भने, हामी आक्रमण गर्नेछौं।’

उनका केही मन्त्रीहरूले युद्धविराम वार्तामा असहमतिका कुरा जनाइसकेका छन्, । उनका राष्ट्रिय सुरक्षा मन्त्री इतमार बेन ग्विर पनि छन्, जसले इजरायललाई हिजबुल्लाह पूर्ण रूपले पराजित नगरेसम्म लडाइँ जारी राख्न आग्रह गरेका छन्।

“यो सम्झौतासम्म पुग्न धेरै ढिलो भएको छैन, हामीले पूर्ण विजय प्राप्त नगरेसम्म लडाइँ जारी राख्नु पर्छ।” बेन ग्विरले सोमबार एक्समा मा लेखेका थिए।

मङ्गलबारको उनको प्रतिवादमा, नेतन्याहूले भनेका छन् इजरायलले गत वर्ष नोभेम्बरमा गाजा पट्टीमा एक हप्ता लामो युद्धविरामपछि हमास विरुद्ध सैन्य अपरेशन पुनः शुरू गरेको थियो। उनले थपे कि इजरायल–लेबनान सीमा क्षेत्रमा लडाइँ रोक्नु इजरायली फोर्सलाई विश्राम लिन र पुनःसंचालन गर्न, इरानसँग पुनः ध्यान केन्द्रीकरण गर्न र हमासलाई अलग गर्न मद्दत पुर्याउँछ।

हिजबुल्लाहले इजरायलको क्षेत्रको आक्रमण ८ अक्टोबर २०२३ मा शुरू गरेको थियो, ठीक ७ अक्टोबरमा हमासले दक्षिणी इजरायलमा आक्रमण गरेको केही घण्टामा। हिजबुल्लाहले जबाफमा भनेको थियो ः जबसम्म इजरायलले गाजामा हमासको विरुद्ध आक्रमण नगरेसम्म लडाइँ जारी राख्नेछ।

तर नेतन्याहूले भनेका छन्ः इजरायली फोर्सहरू गाजा पट्टीमा आफ्नो अभियान जारी राख्न सक्षम हुनेछन्, भलै लेबनानमा युद्धविराम योजना भए पनि।

“हामी हमासलाई नष्ट गर्ने कार्य पुरा गर्नेछौं, हामी हाम्रा सबै बन्धकलाई घर फर्काउनेछौं, हामी गाजालाई इजरायलको लागि खतरा नरहने बनाउनेछौं र हामी उत्तरका निवासीहरूलाई सुरक्षित रूपमा घर फर्काउनेछौं,” उनले भने।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

बिहारमा सामूहिक बलात्कार : २०१२ को दिल्ली काण्डको सम्झना, प्रहरी र अस्पतालको चरम लापरबाही

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group