काठमाडौं, २५ फागुन । नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला–नगरतर्फको उपाध्यक्षमा किशोर प्रधान निर्वाचित भएका छन्। २०७३ चैतमा भएको निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदमा पराजित भएका प्रधान रिक्त उपाध्यक्ष पदमा भने शुक्रबार अन्य दुई प्रतिस्पर्धीलाई पछिपारेर विजयी भएका हुन्।
निर्वाचनमा किशोर प्रधान, निरक केसी र प्रकाश साउद बीच प्रतिस्पर्धा भएको थियो। महासंघको वरिष्ठ उपाध्यक्ष पदमा शेखर गोल्छासँग पराजित प्रधान पशुपति मुरारकाको कार्यकालमा समेत जिल्लानगर उपाध्यक्ष रहेका थिए।
शुक्रबार महासंघको कार्यलय टेकुमा भएको निर्वाचनबाट उनी विजयी भएका हुन्। कुल ९८ मत खसेकोमा उनको पक्षमा ६५ मत प्राप्त भएको थिइ। त्यस्तै अर्का प्रतिस्पर्धी निरक केसीको पक्षमा ३३ मत खसेको छ।
अघिल्लो वर्षका विजेता प्रमोद श्रेष्ठ गत वैशाखमा भएको स्थानीय तह निर्वाचनमा म्याग्दीको बेनी नगरपालिकाको प्रमुख पदमा उम्मेदवार बनेसँगै उनको पद खारेज भएको थियो।
प्रतिक्रिया दिनुहोस्