ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महिला कृषकलाई हाते ट्र्याक्टर वितरण


admin
२८ फाल्गुन २०७४, सोमबार   ३ : ०९   बजे

हेटौँडा, २८ फागुन । मकवानपुरको मार्खु र फाखेलका कृषक समूहलाई सातवटा हाते ट्र्याक्टर वितरण गरिएकोे छ ।

महिला कृषिमै आत्मनिर्भर भएको हुनाले उनीहरुलाई उत्प्रेरित गर्ने उद्देश्यले कृषक समूहलाई महिलामैत्री हाते ट्र्याक्टर वितरण गरिएको हो ।

मार्खुमा तीन र फाखेलमा चारवटा ट्र्याक्टर इन्द्रसरोवर कृषि सहकारी संस्था र कृषक समूहलाई वितरण गरिएको छ । नारी सीप सिर्जना केन्द्र मकवानपुरले अक्सफाम नेपालसँगको साझेदारीमा सञ्चालित मकवानपुर जीविकोपार्जन पुर्नउत्थान परियोजनाअन्तर्गत ट्र्याक्टर वितरण गरेको हो ।

इन्द्रसरोवर गाउँपालिका–१ का वडाध्यक्ष जमानसिंह वाइवाको प्रमुख अतिथ्य तथा इन्द्रसरोवर कृषि सहकारीका सचिव सानु लामाको अध्यक्षतामा मार्खुमा वितरण गरिएको हो ।

त्यस्तै फाखेलमा गरिएको वितरण कार्यक्रम इन्द्रसरोवर–४ का वडाध्यक्ष धनवीर स्याङ्तानको प्रमुख अतिथ्यतामा गरिएको थियो । दुवै कार्यक्रममा नारी सीप सिर्जना केन्द्रकी उपाध्यक्ष गणेशकुमारी श्रेष्ठलगायतको अतिथ्यता रहेको थियो ।

मकवानपुरको भूकम्प प्रभावित साविक गाउँ विकास समितिहरु चित्लाङ, मार्खु, कुलेखानी, सिस्नेरी, फाखेल, नामटार, भार्ता र कालिकाटार गरी आठ गाविस परियोजनाको कार्यक्षेत्र रहेको छ । परियोजनाअन्तर्गत अन्य छ कार्यक्षेत्रमा समेत गरी २१ थान ट्र्याक्टर वितरण गरिने कार्यक्रम संयोजक राजेन्द्र ढकालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नक्कली शरणार्थी प्रकरणमा १६ जना दोषीलाई सजाय, रायमाझीलाई ४ वर्ष कैद, खाँणलाई २ वर्ष

अमेरिकी मध्यस्थतामा इजरायल–लेबनान वार्ता पुनः सुरु, दक्षिण लेबनानबाट इजरायली फौज फिर्ता गर्ने रूपरेखा खोजिँदै

सम्बन्धित

आफ्नै संस्थाकी कर्मचारीलाई राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक नियुक्त गरेपछि अर्थमन्त्री स्वर्णिम वाग्ले विवादमा

राज्यको तमासा : सुकुम्वासीको आत्महत्या हुँदै आत्मदाहको त्रसित बाटो

डोजरको त्रास : सुकुम्वासीको जीवनमाथि राज्यको ‘निर्मम खेल’

रणनीतिक प्रतिस्पर्धा र युद्धको जोखिम: विश्व अर्थतन्त्रको नयाँ सङ्कट

बालेन–निर्माण व्यवसायी संवादपछि म्याद थप प्रक्रियाले लियो गति, समाधानतर्फ सरकारको संकेत

अर्थतन्त्र सुधार्न प्रधानमन्त्री बालेन्द्र शाहको अग्रसरता: निजी क्षेत्रसँग संवादको ‘आइसब्रेक’, धरपकडबाट नडराउन आश्वासन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu