काठमाडौं २२ पुस । अमेरिकामा आएको भीषण हिमआँधीका कारण करिब ६ करोड मानिस प्रभावित भएका छन् भने धेरै राज्यमा आपत्काल घोषणा गरिएको छ ।
बीबीसीका अनुसार केन्टकी, भर्जिनिया, वेस्ट भर्जिनिया, कान्सास, अर्कान्सास, न्यु जर्सी र मिसौरीलगायत धेरै राज्यले आपत्काल घोषणा गरेका छन्।
भारी हिमपातका कारण यी राज्यका प्रायः सबै राजमार्ग बन्द भएका छन्। प्रशासनले सडक प्रयोग नगर्न चेतावनी दिएको छ।
हजारौँ उडान रद्द गर्नु परेको छ भने विद्यालयहरू बन्द गरिएका छन्।
हिमआँधीका कारण अमेरिकाको जनजीवन नराम्ररी प्रभावित भएको छ। सयौँ उडान प्रभावित भएका छन् भने सडक अवरुद्ध भएका छन्।
हिमआँधीका कारण अमेरिकाको जनजीवन नराम्ररी प्रभावित भएको छ। सयौँ उडान प्रभावित भएका छन् भने सडक अवरुद्ध भएका छन्।
भारी हिमपात र न्यूनतम तापक्रमले पछिल्लो दशकको रेकर्ड तोडेको छ।
हिमपातबाट अमेरिकाका दुई राज्य कन्सास र मिसौरी सबैभन्दा बढी प्रभावित छन्। त्यहाँ आइतबार दिउँसोदेखि केही क्षेत्रमा १० इन्चसम्म हिउँ जमेको छ।
कान्सासका अधिकारी ब्रायन प्लाटले भने, ‘पछिल्लो ३२ वर्षमा मैले १० इन्च हिमपात देखेको छैन।’
प्रतिक्रिया दिनुहोस्