ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माओवादीमा भिन्न मत वा आलोचनाको स्वतन्त्रतालाई कुण्ठित गरिने छैन- अध्यक्ष प्रचण्ड


एबीसी न्यूज
२२ पुस २०८१, सोमबार   १२ : २७   बजे

काठमाडौं २२ पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा भिन्न मत वा आलोनाको स्वतन्त्रतााई कुण्ठित नगरिने बताएका छन् ।

पार्टीको केन्द्रीय समितिको बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

उनले भनेका छन्, ‘हामीले पार्टीमा जसले जे गरे पनि हुने स्थितिको अन्त्य गनुपर्दछ भन्ने सन्देश दिनै पर्नेछ । तर, अनुशासनको पालनाको सन्दर्भमा पद्धतिसम्मत गरिने बिचार अभिव्यक्ति भिन्न मत वा आलोचनाको स्वतन्त्रतालाई कुण्ठित गरिने हुँदैन र कुण्ठित गरिने पनि छैन ।’

पार्टी अनुशासनको पालनामा कडाइ गर्नु जुनसुकै तहको नेता कार्यकर्ता सदस्य भएत पनि पार्टीको विधि पद्धति र निर्णयको अनुशासनको उल्लघंन गर्नेमाथि अधिकारप्राप्त निकायले बिनाहिचकिचाहट भेदभावरहित हिसावबले अनुशासनको कारबाही गर्नु । यसका लागि अनुशासन आयोगलाई सक्रिय बनाउनु ।

 

कम्युनिस्ट पार्टीभित्रको अनुशासनलाइ मुलतः स्वेच्छिक अनुशासन भएको प्रचण्डले बताएका छन् । स्वेच्छिक अनुशासनको नाममा नाममा संगठनात्मक जीवनमा पालन गर्नुपर्ने अनुशासन उल्लंघन गर्नेले भने छुट नपाउने उनले बताए ।

पार्टीको संगठनात्मक सिद्धान्त जनवादी केन्द्रीयताको प्रभावकारी कार्यावयन रहेको उल्लेख गर्दै पछिल्लो समयमा यसमा समस्या देखा परेको बताएका छन् ।

प्रचण्डले भनेका छन्, ‘अहिले पार्टी संगठनमा जनवादमा जोड दिंदै गर्दा पुँजीवादी जनवाद र अराजकताको अभ्यास मौलाउँदै गएको छ । साथै केन्द्रीयताको अभ्यास वास्तविक जनवादको जगमा आधारित नभएर नोकरशाही केन्द्रीयताको रुपमा अभिव्यक्त हुने गरेको छ ।’

यस्तो अभ्यासले राम्रो नगर्ने भन्दै उनले अगाडि भनेका छन्, ‘ हाम्रो पार्टीको संगठनात्मक सिद्धान्त जनवादी केन्द्रीयताको सट्टा सामान्य जनवादी पद्धति मुलतः पुँजीवादी जनवादमा खस्कँदै गएको संकेत गरेको छ ।’

उन्नत समाजवादी विचारधारात्मक एवम् सांस्कृतिक रुपमा मात्र औपचारिक एवम् भ्रष्टीकृत पुँजीवादी जनवादको स्थानमा सच्चा जनवादको अभ्यास सुनिश्चित सकिने उनको विश्वास छ । अगाडि भन्छन्, ‘मात्र बैचारिक केन्द्रीयतामा आधारित संगठनात्मक केन्द्रीयतासहितको संगठनात्मक सिद्धान्त र पद्धतिको पालना हुने स्थिति निर्माण गर्नुपर्दछ ।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

बिहारमा सामूहिक बलात्कार : २०१२ को दिल्ली काण्डको सम्झना, प्रहरी र अस्पतालको चरम लापरबाही

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group