ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इजरायल–हमास युद्धविराम स् आफन्त पुनर्मिलनको भावुक दृश्य


एबीसी न्यूज
७ माघ २०८१, सोमबार   १० : ४४   बजे

काठमाडौं, ७ माघ । इजरायल र हमासबीच युद्धविराम सम्झौता लागू भएपछि बन्धकहरुलाई रिहागर्ने क्रम जारी छ । पहिलो चरणको युद्धविरामको क्रममा ९० जना प्यालेस्टिनीलाई रिहा गरेको इजरायलले जनाएको छ । आइतबार हमासले तीन जना इजरायली महिलालाई बन्धक मुक्त गरेको थियो ।

उनीहरुले आफन्त भेट्दाको खुसी साटिरहेका छन् । उनीहरु एकअर्कालाई अँगालो हालेर खुसीको आँसु झार्दै आत्मीयता साटासाट गरेको भावुक दृश्य देखिएको छ । आफन्तसँगको पुननर्मिलनको दृश्य भावुक बनाउने खालका छन् ।
युद्ध रोकिएपछि गाजा क्षेत्रबाट विस्थापित भएकाहरु पनि आफ्ना घरमा फर्किरहेका छन् । क्षतबिक्षत घर अगाडिको उनीहरुको तस्वीर दर्दनाक देखिन्छ ।

लामो समयपछि युद्ध बन्दीहरु रिहा हुन लागेको खबर पाएदेखि नै उनीहरुका आफन्त हर्षित र भावुक देखिएका तस्वीरहरु सार्वजनिक भएका थिए । शनिबार इजरायलको राजधानी तेल अभिभमा महिलाहरु भेला भएर आफ्ना आफन्तका लागि प्रार्थना गरिरहेको देखिएको थियो । अहिले आफन्त भेट्दाको खुसी र रुवाइका तस्वीर सार्वजनिक भइरहेका छन् ।

सन् २०२३ को अक्टुबर ७ मा इजरायली भूमिमा छिरेर हमासले आक्रमण गर्दा १० नेपालीसहित १ हजार २०० जनाको मृत्यु भएको थियो नेपालका विपिन जोशीसहित २५० भन्दा बढीलाई बन्धक बनाएर लगेको थियो । त्यसको केही घण्टापछि इजरायली सेनाले हमासविरुद्ध गाजा क्षेत्रमा आक्रमण गरेको थियो । यस आक्रमणबाट ४६ हजार जनाको मृत्यु भइसकेको छ ।सन् २०२५ जनवरी १५ मा इजरायल र हमासबीच युद्धविराम सहमति भएको थियो । १५ जनवरीमा युद्ध रोक्ने सम्झौता भए पनि १९ जनवरीदेखि मात्रै कार्यान्वयनमा आएको थियो ।

१५ महिना लामो युद्धको क्रममा ४७ हजार भन्दा बढी व्यक्ति मारिएका थिए । युद्धविराम गराउनका लागि अतार, इजिप्ट र अमेरिकाले प्रमुख भूमिका निर्वाह गरेका थिए ।

युद्धविराम कार्यान्वयन तीन चरणमा हुने छ । पहिलो चरणमा हमास र इजरायलले बन्धक बनाएकाहरुलाई रिहा गर्ने छन् ।

इजरायलले हरेक दिन आफ्नो एक बन्धकको बदलामा ३३ प्यालेस्टिनीलाई रिहा गर्ने प्रतिबद्धता जनाएको छ । यसैगरी एक महिला सैनिकको बदलामा ५० प्यालेस्टिनीलाई रिहा गर्ने छ ।

युद्धविरामको क्रममा इजरायलले कूल १ हजार बढी प्यालेस्टिनीलाई रिहा गर्ने छ । रिहा हुनेहरुको सूचीमा १५ वर्षदेखि इजरायलमा बन्दी जीवन बिताइरहेकाहरु पनि रहेका समाचार एजेन्सीहरुले जनाएका छन् ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

बिहारमा सामूहिक बलात्कार : २०१२ को दिल्ली काण्डको सम्झना, प्रहरी र अस्पतालको चरम लापरबाही

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group