काठमाडौं ७ माघ । आईसीसी यू(१९ महिला टी२० विश्वकपको आफ्नो दोस्रो खेलमा नेपालले स्कटल्याण्डलाई ७४ख रनको लक्ष्य दिएको छ ।
बांगीस्थित युएसडी(युकेएम ओभलमा टस जितेर ब्याटिङ रोजेको नेपालले १८।५ ओभरमा सबै विकेट गुमाएर ७३ रन बनाएको हो ।
नेपालका लागि कप्तान पुजा महतोले सर्वाधिक २७ र ओपनर सावित्री धामीले १० रन बनाउनु बाहेक अन्य कुनै पनि खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । वान डाउनमा ब्याटिङ गरेकी पुजाले ४३ बल खेल्दा ३ चौका प्रहार गरिन् ।
नेपाललाई अलआउट गर्न स्कटल्याण्डकी माइसी मासेइराले ३।५ ओभरमा १५ रन खर्चेर ५ विकेट लिइन् । यस्तै एम्मी बाल्डी र नायमा शेखले २(२ विकेट लिए ।
यू(१९ महिला टी२० विश्वकप
प्रतिक्रिया दिनुहोस्