ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हङकङको ग्रेटर बे एयरलाइन्सले गर्‍यो ठूलो संख्यामा उडान कटौती


एबीसी न्यूज
८ माघ २०८१, मंगलबार   ७ : ०४   बजे

काठमाडौं ८ माघ । हङकङको ग्रेटर बे एयरलाइन्सले ठूलो संख्यामा उडानहरू रद्द गरिरहेको छ। रद्दका कारण जापानको योनागो र टोकुशिमा जाने रुटहरू बढी प्रभावित भएका छन्।

नयाँ विमानको डेलिभरीमा ढिलाइ र भइरहेकाको अनिवार्य सुरक्षा निरीक्षणका कारण उडानहरू रद्द गर्नुपरेको विमान कम्पनीले जनाएको छ।

कम्पनीको यो निर्णयसँगै फेब्रुअरी र मार्चका निर्धारित उडान रद्द र पुनस् तालिकाबद्ध गरिएको म्यासेजले सामाजिक सञ्जालमा निकै चर्चा पाएको छ।

योनागो र टोकुशिमा बाहेक हङकङ र जापानको सेन्डाई, टोकियो तथा ओसाका बीचको उडानहरू पनि रद्द भएका छन्।

सञ्जालमा देखिएका कमेन्टमा, रद्द गरिएका योनागोबाट हङकङ आउने उडानमा केही यात्रुलाई ओसाकाको कान्साई अन्तर्राष्ट्रिय विमानस्थलबाट आउन सुझाव दिइएको देखिन्छ।

उडान रद्दका बारे एयरलाइन्सको वेबसाइटमा उल्लेख भएअनुसार, दक्षिण कोरियाको सियोल उडान जनवरी र फेब्रुअरीको सुरुमा उपलब्ध छन् तर फ्रिक्वेन्सी उल्लेखनीय रूपमा घटाइएको छ। मार्चका लागि कुनै उडान तय गरिएको छैन।

एयरलाइन्सले उल्लेख गरेअनुसार, नयाँ विमानको डेलिभरीमा भएको ढिलाइ र भइरहेका फ्लिटमा आवश्यक सुरक्षा निरीक्षणका कारण उडान तालिका प्रभावित भएको हो। जसका कारण केही रुटमा समायोजन र केही उडान रद्द गरिएका छन्।

एयरलाइन्सले प्रभावित यात्रुहरूसँग माफी मागेको छ। साथै, टिकट प्रतिस्थापन र फिर्ताको व्यवस्था गरिएको तथा सम्बन्धित शुल्कमा छुट दिइएको बताएको छ।

प्रभावित यात्रुलाई यथेष्ट सहयोग पुगोस् भन्ने हेतुले आफ्ना ग्राहक सेवा केन्द्रमा कर्मचारी बढाएको पनि कम्पनीले जनाएको छ।

हाल एयरलाइन्सका आठ बोइङ७३७ विमानहरूमार्फत टोकियो, ओसाका, टोकुशिमा, योनागो, सेन्डाई, सियोल, ताइपेई, बैंकक र जुशानसहित १२ रुट सञ्चालन छन्।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एमालेकै कारण प्रदेश सरकार ढल्यो, कांग्रेस, सभापति पुन, लुम्बिनी प्रदेश , भिडियो

‘भाइरल’ राजनीतिदेखि संसदीय मर्यादासम्म : सांसदहरूको हप्कीदप्कीले उठाएका गम्भीर प्रश्न

सम्बन्धित

मन्त्री फेरबदलको बहस : नयाँ राजनीतिको परीक्षा कि पुरानै संस्कारको पुनरावृत्ति?

डडेल्धुरामा जिप दुर्घटना: दार्चुलाका २ जनाको मृत्यु, ३ जना घाइते

‘भाइरल’ राजनीतिदेखि संसदीय मर्यादासम्म : सांसदहरूको हप्कीदप्कीले उठाएका गम्भीर प्रश्न

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

आर्कटिकमा खतरनाक खेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu