ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हमासले आज तीन इजरायली र पाँच थाईसहित आठ जना बन्दीलाई रिहा गर्दै


एबीसी न्यूज
१७ माघ २०८१, बिहिबार   १० : ५३   बजे

काठमाडौं १७ माघ । प्यालेस्टिनी विद्रोही समूह हमासले आज थप आठ जना बन्दी रिहा गर्दैछ । हमासले युद्धविराम सम्झौताअन्तर्गत आज अरु तीन जना इजरायली बन्दी र पाँच जना थाई बन्दीलाई रिहा गर्न लागेको इजरायलले जनाएको बीबीसीको खबरमा उल्लेख छ ।

हमासले रिहाइ गर्न लागेको तीन इजरायलीमा सेनाका २० वर्षीय जवान अगम बर्जर, २९ वर्षीय नागरिक अर्बेक येहुद र ८० वर्षका मोशे मोजेज रहेका छन् । रिहा गर्न लागिएका पाँच जना थाई नागरिकको नाम भने खुलाइएको छैन ।

यो पछिल्लो गाजा युद्धविराम सम्झौताको तेस्रो चरणको बन्धक रिहाइ हुन लागेको हो । सम्झौताअनुसार इजरायली बन्धकहरूको रिहाइको बदलामा इजरायलले एक सय १० प्यालेस्टाइनीहरूलाई इजरायली जेलबाट मुक्त गर्नुपर्नेछ ।

थाई बन्धकहरूको रिहाइ हमासको एकपक्षीय कदम रहेको र यो सम्झौताको हिस्सा नभएको इजरायलको भनाइ छ । थाई बन्धकहरू कृषि मजदुर हुन् । उनीहरुलाई इजरायलबाट अपहरण गरिएको थियो ।

थाइल्याण्डको सरकारले गाजामा आफ्ना ६ जना नागरिक अझै पनि बन्धकमा रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu