ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

क्यानडा र मेक्सिकोमाथि २५ प्रतिशत र चीनमाथि १० प्रतिशत ट्यारिफ थोपरियो, ठूला अर्थतन्त्रसँग ट्रम्पको व्यापार युद्ध शुरु


एबीसी न्यूज
२० माघ २०८१, आइतबार   ६ : ०६   बजे

काठमाडौं २० माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबारदेखि मेक्सिको, क्यानाडा र चीनमाथि कडा ट्यारिफ लगाउने चुनावी चेतावनी पूरा गर्दै संयुक्त राज्यका प्रमुख व्यापारिक साझेदारहरूसँग अस्थिर व्यापार युद्धको सुरुवात गरेका छन्।
ट्रम्पले तीनवटा कार्यकारी आदेशहरूमा हस्ताक्षर गर्दै क्यनाडा र मेक्सिकोबाट अमेरिकामा आयात हुने सबै सामानमा २५ प्रतिशत ट्यारिफ लागू लगाएका छन्। अमेरिकामा आयात हुने सवै चिनियाँ सामानमा अतिरिक्त १० प्रतिशत शुल्क लगाएका छन् ।

ह्वाइहाउसले ट्यारिफका बारेमा विशेष छुटको लागि आवेदन गर्ने कुनै प्रक्रिया नरहेको र यी शुल्कहरू मंगलवारदेखि नै लागू हुने बताएको छ । । ट्यारिफ आदेशमा ूप्रतिशोध खण्डू समावेश गरिएको भन्दै क्यानाडा, मेक्सिको वा चीनले अमेरिकी उत्पादनमा जबाफी ट्यारिफ लगाएमा अमेरिकाले पनि अरु बढी शुल्क बढाउने व्यवस्था गरिएको ह्वाइटहाउस प्रशासनले जनाएको छ।

परम्परागत रूपमा ट्यारिफ बजार असन्तुलन सुधार्न प्रयोग गरिन्छ, तर ट्रम्पले यसलाई क्यानाडा र मेक्सिकोलाई अवैध प्रवासी र ड्रग ढुवानी रोक्न दबाब दिने र चीनलाई फेन्टानिल व्यापारमा संलग्नताको लागि सजाय दिने उपकरणको रूपमा प्रयोग गरिरहेको न्यूयोर्क टाइम्सले उल्लेख गरेको छ । टाइम्सका अनुसार ट्रम्पले धेरै पटक ट्यारिफमा कुनै सम्झौता गर्न इच्छुक नरहेको र कम्पनीहरूले यसबाट बच्न अमेरिकामा उत्पादन सार्नुपर्ने चेतावनी दिंदै आएका छन् । यस्तो हुने सम्भावना शून्य बराबर रहेको अमेरिकी अर्थशास्त्रीहरुले यस अघि नै पटक पटक चेतावनी दिंदै आएका थिए ।

ट्रम्पको पछिल्लो ट्यारिफले अमेरिकाका तीन प्रमुख व्यापारिक साझेदारहरूसँगको व्यापार लागत बढाउनुका साथै आर्थिक रूपमा नकारात्मक व्यापार युद्धको सुरुवात हुन सक्छ। क्यानाडा, मेक्सिको र चीनबाट अमेरिकाले कार, औषधि, जुत्ता, इलेक्ट्रोनिक्स, स्टील लगायत धेरै सामान आयात गर्छ। ट्रम्प र उनका सल्लाहकारहरूले यी ट्यारिफले मुद्रास्फीति बढाउने आलोचनालाई अस्वीकार गरेपनि अमेरिकी बजारमा अचाक्ली महंगी बढ्ने जोखिम रहेको छ ।

ट्रम्प ट्यारिफको जबाफमा तीनवटै देशहरूले अमेरिकी निर्यातमा आफ्नैखाले ट्यारिफ लगाउने घोषणा गरेका छन्। क्यानाडाले फ्लोरिडाको ओरेन्ज जुस, टेनेसी व्हिस्की र केंटकी पीनट बटरमा शुल्क लगाउने योजना बनाएको अमेरिकी सञ्चार माध्यमले उल्लेख गरेका छन्। ती उत्पादनहरू रिपब्लिकन सिनेटर र ट्रम्प समर्थक राज्यहरूबाट आएको भन्दै क्यानडाले ट्रम्पवादीहरुलई जबाफ दिने रणनीतिक निर्णय गरेको वाशिंगटन पोष्टले लेखेको छ ।

मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शिनबाउमले ूशान्त मनलेू प्रतिकार गर्ने योजना बनाएको बताइन् भने क्यानाडाकी प्रधानमन्त्री जस्टिन ट्रुडोले पनि प्रतिकारको चेतावनी दिएको न्यूयोर्क टाइम्सले उल्लेख गरेको छ।

अमेरिकन चेम्बर अफ कमर्सका जन मर्फीले ट्रम्पको ट्यारिफ नीतिले अमेरिकी निर्माताहरूलाई नोक्सानी पुर्याउने बताएका छन् ।

क्यानाडियन तेलमा १० प्रतिशत ट्यारिफले मध्यपश्चिम क्षेत्रमा इन्धनको मूल्य बढ्न सक्छ। अमेरिकाले आफ्नो परिष्कृत तेलको ४० प्रतिशत बाहिरबाट आयात गर्ने मध्ये क्यानाडा प्रमुख स्रोत हो।

क्यानाडा र मेक्सिकोले आफ्ना सामानको ८० प्रतिशत निर्यात अमेरिकामा गर्दै आएका छन् । ट्यारिफले यी देशहरूको अर्थतन्त्रलाई गम्भीर रूपमा प्रभाव पार्न सक्छ। दुवै देशले अमेरिकी शुल्कको प्रतिकार गर्ने घोषणा गरिसकेका छन्। क्यानाडाकी पूर्व वित्तमन्त्री क्रिस्टिया फ्रिल्याण्डले टेस्ला कार र अमेरिकी मदिरामा १०० प्रतिशत ट्यारिफ लगाउन सुझाव दिएकी छन् ।

ट्रम्पले उत्तर र दक्षिण सीमाको अवस्थालाई जोडेर ट्यारिफ लगाए पनि, दक्षिणी सीमामा फेन्टानिल पक्राउ ९,६०० किलोग्राम भएकोमा उत्तरबाट मात्र १९ किलोग्राम मात्रै रहेको वालस्ट्रिट जर्नलले लेखेको छ ।

अमेरिका–मेक्सिको–क्यानाडा सम्झौता (युएसएमसीए) अन्तर्गत ट्यारिफ–मुक्त व्यापारको व्यवस्था गरिएको थियो । ३० वर्षदेखि एकीकृत अर्थतन्त्रका रुपमा अमेरिका क्यानडा र मेक्सिकोको व्यापार श्रृंखला चल्दै आएको थियो । ट्रम्पको यस नीतिले उत्तर अमेरिकी आपूर्ति श्रृंखलालाई गम्भीर असर गर्ने देखिन् छ ब्लुमवर्गले उल्लेख गरेको छ।

अर्थशास्त्रीहरूले यसले घरायसी खर्च र व्यापार दुवैमा नकारात्मक प्रभाव पार्ने चेतावनी दिएका छन्। आइएनजी का जेम्स नाइटलीले निम्न आय भएका परिवारहरूमा यसको असर बढी हुने बताएका छन् । उनले अनुमान गरे अनुसार, प्रति व्यक्ति ८३५ डलर अतिरिक्त खर्च बढ्न सक्छ ।

ट्रम्पले भने विज्ञहरुहा यस्ता आलोचना र चेतावनीलाई खारेज गर्दै युरोपियन युनियनका देशहरु अन्य पेट्रोलियम र अरु क्षेत्रमा पनि ट्यारिफ लगाउने चेतवानी दिंदै आएका छन् । ट्रम्पका आर्थिक सल्लाहकारहरूले यसले मुद्रास्फीति नबढाउने दावी गरे पनि, अर्थशास्त्रीहरूले व्यापार तनावले अमेरिकी आर्थिक वृद्धिलाई अवरुद्ध गर्नसक्ने भन्दै चिन्ता जाहेर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group