ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

क्यानाडा र मेक्सिकोले ट्रम्प ट्यारिफको जबाफमा उति नै कर लगाएर फर्काए


एबीसी न्यूज
२० माघ २०८१, आइतबार   १ : ५०   बजे

काठमाडौं २० माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडा र मेक्सिकोबाट आयात हुने सामानमा २५ प्रतिशत कर लगाउने घोषणा लगत्तै ती दुवै देशले ट्रम्पलाई जबाफी करबाट प्रतिकार गरेका छन् । क्यानाडाका प्रधानमन्त्री ज्यास्टिन ट्रूडोले २५प्रतिशत को टिट–फर–ट्याट दण्डात्मक करहरूको घोषणा गर्दै भनेका छन्, ‘यसले अमेरिकी कामकाजी स्थानहरुलाई जोखिममा पार्नेछ, अमेरिकन अटो असेम्ब्ली प्लान्टहरू र अन्य निर्माण सुविधाहरूलाई बन्द गर्ने सम्भावना छ।’

यसैगरी, चीनले पनि ट्रम्पको आदेशको विरोध गर्दै विश्व व्यापार संगठनमा उजुरी दर्ता गर्ने जनाएको छ।

क्यानाडाका प्रधानमन्त्री, ज्यास्टिन ट्रूडो, शनिबार राति एक टेलिभिजन सम्बोधनमा अमेरिकी सामानहरूमा २५प्रतिशत का दण्डात्मक करहरूको घोषणा गरेका छन् । ट्रम्पले अमेरिकी उपभोक्ताहरू र उद्योगहरूको क्यानाडाका महत्वपूर्ण खनिज र स्रोतहरू जस्तै तेल, ऊर्जा र काठको पहुँचलाई जोखिममा पारेका ट्रुडोले बताएका छन् ।

ट्रूडोले अमेरिकी जनतालाई भने, ‘क्यानाडामाथि लगाइएका करहरूले तपाईंका कामका स्थानहरूलाई जोखिममा पार्नेछन्, र यसले अमेरिकी अटो संयन्त्र प्लान्टहरू र अन्य निर्माण उद्योगहरूलाई बन्द गर्न सक्छ। यसले तपाईंको लागत बढाउँछ, जसमा किराना पसलमा खाद्य पदार्थ र ग्याँसको मूल्य पनि बढ्नेछ ।’ उनले थपे, ‘यसले अमेरिकाको सुरक्षा लागि महत्वपूर्ण सामानहरूको पहुँचलाई रोक्दछ, जस्तै निकेल, पोटाश, युरेनियम, स्टील र एल्युमिनियम।’

क्यानाडाले आगामी मङ्गलवारदेखि अमेरिकी सामानहरूमा २५ प्रतिशत कर लगाउने घोषणा गरेको छ । यसले ३० बिलियन डलरभन्दा बढीको सामानबाट करका दर हुने बताइएको छ । त्यसको तीन हप्तामा १२५ बिलियनको थप अमेरिकी आयातमा पनि यी करहरू थपिनेछन्।

ट्रूडोले क्यानाडाका विभिन्न उद्योगहरू जस्तै तेल क्षेत्रलाई ‘अमेरिकासँग प्रभावी प्रतिस्पर्धामा सक्ने चेतावनी दिएका छन् । क्यानाडाको ओन्टारियो प्रदेशका प्रमुख डग फोर्डले भनेका थिए, ‘क्यानाडाको अब कुनै विकल्प छैन, हामीले जवाफ दिनु पर्छ र तीव्र जवाफ दिनु पर्छ। क्यानाडामा अमेरिकाले आवश्यक पर्ने धेरै चीजहरू छनन् जो उच्च श्रेणीको निकेल, ऊर्जा र विद्युत, युरेनियम, पोटाश, एल्युमिनियम।’

छिमेकी अर्को देश मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेनबामले पनि आफ्ना अर्थमन्त्रीलाई मेक्सिकोका चासोहरूको रक्षा गर्न कर र गैर–कर उपायहरू लागू गर्न आदेश दिएकी छन् । उनले भने, ‘हामीसँग हरेक राष्ट्रसँग उच्च सम्मानका साथ वार्ता गर्ने जिम्मेवारी छ, त्यसो गर्दा कसैको शीर तल नहुनेगरी मात्र ।’
ट्रम्पले क्यानाडा र मेक्सिकोमाथि आरोप लगाउंदै भनेका छन्–उनीहरूले अमेरिकासम्म अवैध ड्रग र आप्रवासीहरूको बहावलाई रोक्न असफल भएका छन्। ट्रम्पले थप आरोप लगाएका छन्– मेक्सिकन ड्रग तस्करहरूको ‘अस्वीकार्य गठबन्धन’ मेक्सिको सरकारसँग छ।

अमेरिकाको प्रतिद्धन्द्धी चीनले अमेरिकी करहरूको एकपक्षीय घोषणाले ‘विश्व व्यापार संगठनका नियमहरूको गम्भीर रूपमा उल्लङ्घन गरेको भन्दै अमेरिकासँग ‘खुला संवाद र सहयोग’ गर्ने आग्रह समेत गरेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

सम्बन्धित

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group