ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालमा अटिजम भएका बालबालिकाको सुधारका लागि होप सेन्टरद्धारा सेवा प्रदान


एबीसी न्यूज
२० माघ २०८१, आइतबार   ६ : १७   बजे

काठमाडौं २० माघ । बिश्व भरी अटिजम भएका बालबालिकाको संख्या प्रत्येक बर्ष बृद्धि भइरहेकोमा नेपालमा पनि बालबालिकाहरुमा अटिजम देखापर्ने क्रम बढदै गएकाले बिगत ४ बर्ष देखि Hope Child Development Research Center Nepal ले बालबालिको स्वास्थ्य समस्या समाधान गर्नका लागि उपचार, हेरविचार, अभिभावकहरुलाई तालिम तथा सहयोग जस्ता क्रियाकलाप गर्दै आइरहेको छ ।
साथै होप सेन्टरले उक्त बालबालिकाहरुको स्वस्थ्य सुधारका लागि बिभिन्न किसमिका थेरापिहरुको माध्यमबाट कार्य गर्दै आएको छ । अटिजम भएका बालबालिकाहरुले पछि भबिस्यमा आफनो काम आफै गर्न सक्ने र आफनो जीबन यापन गर्न सहयोग पुग्ने गरी बिभिन्न किसमिका थेरापीहरुको माध्यमबाट बालबालिकाहरुलाइ सिप र ज्ञान प्रभावकारी रुपमा दिदै आईरहेको छ ।
Hope Child Development Research Center Nepal ले अटिजम भएका बालबालिकाहरुको बौद्धिक, मानसकि, भाषा शारीरिक बिकास सम्बन्धि समस्याको पहिचान गरी उक्त बालबालिकाहरुको लागि आवश्यक पर्ने थेरापीको माध्यमबाट अरु बालबालिका सरह आत्मनिर्भर बनाई नियमित रुपमा बिधालय जाने र अरुको सहयोग बिना जीवन यापन गर्न सक्ने गरी सेवा दिदै आएको छ ।

अहिले सम्म अटिजम अटिजम भएका बालबालिकाको उपचार गर्नको लागि धौषधि उत्पादन नभएको र अटिजम के कारणले हुन्छ भन्ने कुरा पनि अहिले सम्मको अनुसन्धानले पत्ता लगाउन सकेको छैन । अटिजम सम्बन्धि बिज्ञ चिकित्सकका अनुसार यसको औषधि नभएकोले थेरापिको माध्यमबाट मात्र बालबालिकाहरुलाई सुधार गरी सक्षम बनाउन सकिने बताएका छन ।
नेपालको जनगणना २०७८ अनुसार चार हजार ८८४ जनामा अटिजम भएको देखाएको छ । तर बिश्व स्वास्थ्य संगठनले नेपालमा झण्डै तीन लाखमा यस्तो समस्या रहेको अनुमान गरिएको छ ।
अटिजमको समस्यालाई गहिरो स्वास्थ्य समस्या बन्न नदिनका लागि अटिजम संग सम्बन्धि बिज्ञ चिकित्सकहरुले नियमित रुपमा थेरापीको माध्यमबाट मात्र अटिजम भएका बालबालिकाहरुलाइ सुधार गर्न सकिने सल्लाह दिदै आएका छन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विष्णु पौडेललाई हिरासतमा राखेर अनुसन्धान गर्न पाँचौंपटक म्याद थप

जर्मन कम्पनीको नयाँ प्रणालीबाट राहदानी वितरण सुरु

सम्बन्धित

मित्रराष्ट्रसँगको सम्बन्धमा असर पर्ने फिल्मलाई प्रदर्शन अनुमति नदिने सरकारको निर्णय

तपाईंलाई ८ घण्टा सुत्ने आवश्यकता नहुन सक्छ

एल निनो: पृथ्वीलाई तर्साउने अदृश्य ‘राक्षस’ कि प्रकृतिको चेतावनी?

एप्पलले आफ्नो डिजिटल सहायक ‘सिरी’ को नयाँ एआई-संचालित संस्करण सार्वजनिक गर्‍यो

प्रेमचन्ददेखि टैगोरसम्म: किन भारतीय लेखकहरूले सोभियत मोडल रोजे?

मुगलहरूले हाम्रा लागि के नै गरेका छन् र ? : इकोनोमिष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu