बेइजिङ, १२ साउन । चिनियाँ प्रकृतिको समाजवादी विजयका लागि चीनले काम गर्नुपर्ने राष्ट्रपति सि जिनपिङले बताउनुभएको छ ।
‘कम्युनिष्ट पार्टी अफ चाइना (सिपिसी)’ को उन्नाइसौँ राष्ट्रिय सम्मेलनको अवसरमा हुनलागेको उच्च स्तरीय कार्यशालाको उद्घाटन शर्तमा बिहीबार बोल्दै राष्ट्रपति सिले सो कुरा बताउनुभएको हो । पार्टीको महासचिव तथा सिपिसीको केन्द्रिय सैनिक आयोगका अध्यक्षसमेत रहनुभएका चिनियाँ नेता सिले प्रान्तीय तथा मन्त्रालयस्तरका सरकारी कर्मचारीलाई चीनले विश्वमा आफ्नै प्रकृतिको परिचय स्थापित गरेको दावी गर्दै भविष्यमा आफ्नै नमूनाको समाजवादी सिद्धान्तलाई सफल कार्यान्वयनमा ल्याउनुपर्ने बताउनुभयो ।
चिनियाँ नमूनाकोे समाजवाद स्थापना गर्नु चीनको विगत ४० बर्षदेखिको राजनैतिक सपना रहेको र यो नै चिनिया खुला व्यवस्था तथा राजनैति सुधारबादी सिद्धान्तको मर्म रहेको छ, उहाँको जनाउनुभयो । रासस
प्रतिक्रिया दिनुहोस्