अहिले अमेरिकीहरूको लगभग २९ मिलियन मानिसहरू नियमित रूपमा सिगरेट पिउँछन्, जुन १९६४ को तुलनामा एक ठूलो गिरावट हो, त्यो बेलो ४० प्रतिशतभन्दा बढी वयस्कहरूले धूम्रपान गर्थे र सर्जन जनरलले पहिलो पटक तम्बाकूलाई क्यान्सरसँग सम्वन्धित मानेका थिए। यद्यपि, यो भनेको धेरै मानिसहरू निकोटिनको लत लागेका छन् भन्ने हो । यी लतहरू अन्त्य गर्न र नयाँ लतहरूको रोकथाम गर्नका लागि, बाइडेन प्रशासनको अन्तिम दिनहरूमा खाद्य र औषधि प्रशासनले एउटा योजना प्रस्ताव गरेको थियो, जसले यदि यो अन्तिम रूप पाएको खण्डमा तम्बाकू कम्पनीहरूलाई आफ्नो सिगरेटमा निकोटिनको मात्रा यस हदसम्म घटाउनुपर्नेछ जुन लतसँग सम्बन्धित हुने स्तरभन्दा कम होस्।
सिगरेटमा निकोटिनको स्तर घटाउँदा लाखौं ज्यान बचाउन सकिन्छ। तर यसले नियामकहरूका लागि एक जटिलता सिर्जना गर्दछ। यदि उनीहरूले सिगरेटलाई कम सन्तोषजनक बनाउँछन् र आकर्षक विकल्पहरू प्रदान गर्दैनन् भने, जुन धूम्रपानकारीहरू छन्, उनीहरुले छोड्न सक्दैनन्, तिनीहरूले अवैध बजारतर्फ मोड्नि सक्छन्। सोही समयमा, नियामकहरूलाई डर रहेको छ कि – ती उत्पादनहरू जसले धूम्रपानकारीहरूलाई धूम्रपान छोड्न मद्दत गर्छन् — जस्तै भेप्स वा मौखिक निकोटिन पाउचहरू — ती युवा व्यक्तिहरूलाई पनि आकर्षित गर्न सक्छन्। जवाफस्वरूप, एफडीए ले यी उत्पादनहरूमा कडा नियमहरू लागू गरेको छ, स्वादहरूमा प्रतिबन्ध लगाएको छ र नयाँ भेप्सको अनुमोदनमा ढिलाइ गरेको छ (जसलाई इलेक्ट्रोनिक सिगरेट पनि भनिन्छ)। परिणामस्वरूप, संयुक्त राज्य अमेरिकामा बिक्री हुने अधिकांश भेप्स अनधिकृत छन्, जसले प्रयोगकर्ताहरूलाई सुरक्षा जोखिममा पारिरहेका छन् ।ती मध्ये धेरै चीनबाट आयातित छन्।
वास्तवमा अमेरिकनहरूलाइ सुरक्षित उत्पादनहरूको पहुँचको आवश्यकता छ । विवादास्पद रूपमा, यसले भेप्स र मौखिक निकोटिन उत्पादनहरूको स्वीकृति बढाउनु पर्नेछ, र तिनीहरूलाई सिगरेटको तुलनामा बढी सस्तो बनाउनुपर्नेछ बिक्री करहरू मार्फत। यसले जनतालाई यी कठोर रूपमा सञ्चार गरेको बुझाएर धूम्रपानकारीहरूलाई मर्ने कुरा भनेको मुख्यतः धूम्रपान स्वयं हो, निकोटिन होइन भन्ने थप बुझाउनु पर्नेछ ।
धेरै एंटी–तम्बाकू कार्यकर्ताहरू बुझाउन चाहन्छन् कि निकोटिनको लतलाई पूरै समाप्त गरियोस्, न कि केवल सिगरेटको मात्र । तिनीहरूको चिन्ता तीव्र छ, जब किशोरहरूमा भेपिंगको प्रचलन बृद्धि भएको भनेको २०१९ मा उच्चतम शिखरमा पुगेको अवस्था थियो, जतिबेला १२ औं कक्षाका एक चौथाइ भन्दा बढी विद्यार्थिहरूले गत महिनामा भेप्सको प्रयोग गरेको रिपोर्ट गरेका थिए। त्यो संख्या त्यसपछि १५ प्रतिशतमा घटेको छ, यद्यपि डर अझै कायम छ – भेपिंगले थप किशोरहरूलाई धूम्रपान गर्न उक्साउन सक्छ वा छोडाउन गाह्रो बनाउन सक्छ।
यद्यपि, ती डरहरू वास्तविकता बनेका छैनन्। वास्तवमा, केहि अध्ययनहरूले यसको विपरीत संकेत गर्छन् — भेपिंगले धूम्रपानलाई प्रोत्साहित गर्नको सट्टा त्यसको स्थान लिइरहेको हुन सक्छ। किशोरहरूमा सिगरेट धूम्रपान रेकर्ड न्यूनतम स्तरमा पुगेको छः १९७६ मा, उच्च विद्यालयका एक तिहाइ भन्दा बढी सिनियरहरूले धूम्रपान गर्थे; २०२४ मा, केवल २.५ प्रतिशतले मात्र गरिरहेका छन्।
नियामकहरूले स्वीकार्नुपर्ने हुन सक्छ कि भेपिंगको विस्तृत पहुँचले यसको प्रयोग गर्ने युवा व्यक्तिहरूको संख्या बढाउन सक्छ। तर, यदि भेपिंगले धूम्रपानको स्थान लिँदै जान्छ र त्यसलाई प्रोत्साहन नगरी, त्यो व्यापारिक जोखिम अन्ततः सार्वजनिक स्वास्थ्यको दृष्टिले फाइदाजनक साबित हुनसक्छ।
दुर्भाग्यवश, सरकारी एजेन्सीहरू र एंटी–तम्बाकू कार्यकर्ताहरू कहिलेकाहीं निकोटिनका जोखिमहरूको तुलना सिगरेटको धुँवा संग गर्दा झूठा धारणाहरूलाई बढावा दिन्छन्, जसले राम्रो नीतिमा बाधा पुर्याउन सक्छ। गलत जानकारी फैलिएको छ। लगभग दुई तिहाइ धूम्रपानकारीहरूले विश्वास गर्छन् – निकोटिनले क्यान्सर पैदा गर्छ या उनीहरूले आफूलाई थाहा छैन भनेका छन्। आधाभन्दा बढीले सोच्दछन् – ई–सिगरेटहरू सिगरेट जत्तिकै खतरनाक छन्, यदि बढी छैन भने पनि ।
वास्तविकतामा, अधिकांश धूम्रपानकारीहरूलाई मर्ने कारण सामान्य सिगरेटमा भएको धुँवा र तार हो। यद्यपि निकोटिन निर्दोष छैन, क्यान्सर र हृदयघात जस्ता रोगहरूमा यसको योगदान सिगरेटको धुँवामा रहेका विषाक्त पदार्थहरूलाई बारम्बार सास फेरेर प्राप्त हुने खतरा भन्दा निकै कम छ। सबै दीर्घकालीन धूम्रपानकारीहरूको आधाभन्दा बढीको मृत्यु धूम्रपानसँग सम्बन्धित कारणले हुने गरेको छ । तर, हालसम्मको अनुसन्धानले सुझाव दिए अनुसार नियमन गरिएको भेप्स र केहि मौखिक उत्पादहरू जस्ता वैकल्पिक निकोटिन आपूर्ति प्रणालीहरू महत्वपूर्ण रूपमा सुरक्षित छन्।
हाल हामीसँग भेपिंगको बारेमा दीर्घकालीन डाटा छैन । यो २००३ मा मात्र आविष्कृत भएको थियो, तर हालसम्मका अध्ययनहरूले बेलायतका स्वास्थ्य प्राधिकरणहरूलाई यो निष्कर्षमा पुर्याएको छ कि भेपिंग “कम्तीमा ९५ प्रतिशत कम हानिकारक“ छ धूम्रपानकारीहरूका लागि र “न्यूनतम रुपको जोखिम“ छ अन्य व्यक्तिहरूको लागि। २०१८ को एक समीक्षा नेशनल एकेडेमी अफ साइन्सेस, इन्जिनियरिङ र मेडिसिनले गरेको थियो । यसले थोरै सावधानीका साथ चेतावनी दिएको छ–दीर्घकालीन जोखिमहरू अज्ञात छन्, तर रिर्पोटका अनुसार भेप्सहरू सिगरेटभन्दा “धेरै कम हानिकारक“ छन्। यी अध्ययनहरूले अनधिकृत उत्पादनहरूबाट उत्पन्न जोखिमहरूको पूर्ण रूपमा गणना नगरेका हुन सक्छन् जुन अज्ञात विषाक्त पदार्थहरू समेत समावेश भएका हुन सक्छन् । — यसले अझ प्रभावकारी नियमनको आवश्यकतालाई देखाउँछ ।
ई–सिगरेटको भेपमा सिगरेटको धुँवाभन्दा क्यान्सर–प्रेरित रसायनहरू निकै कम हुन्छन्। भेप्सले फोक्सोमा पनि सजिलो प्रभाव पार्ने जस्तो देखिन्छः अध्ययनहरूले देखाए अनुसार जब फोक्सोको रोग भएका धूम्रपानकारीहरूले भेपिंगतर्फ स्विच गर्छन्, कफ र व्हीजिंग जस्ता लक्षणहरू सुधारिन्छ, ठीक त्यत्तिकै जस्तो ती व्यक्तिहरूमा जो धूम्रपान छोड्छन्। (तर, भेपिंगले अस्थमालाई बिगार्न सक्छ।)
स्वीडेनको डाटाले सुझाव दिएअनुसार यदि अन्य निकोटिन वितरण प्रणालीहरू, जस्तै उपयुक्त रूपमा नियमन गरिएको मौखिक पाउचहरू, कुनै क्यान्सर जोखिम उत्पन्न गर्छ भने, यो सिगरेटको धुँवाका खतरासँग तुलना गर्दा अलिक सानो हुन्छ। स्वीडेनका लगभग १५ प्रतिशत मानिसहरू दैनिक रूपमा एक मौखिक तम्बाकू उत्पादन “स्नस“ प्रयोग गर्छन्। यद्यपि, यो देशमा पुरुषहरूको बीचमा तम्बाकू–संलग्न मृत्युदर युरोपमा सबैभन्दा कम छ, जसमा फोक्सोको क्यान्सरको दर पनि सबैभन्दा कम छ।
जब हृदयघात र स्ट्रोक जस्ता रोगहरू — धूम्रपानकारीहरूको सबैभन्दा ठूलो हत्यारा बनिरहेका छन् —यिनको कुरा आउँछ, कार्डियोलोजिस्ट नील बेनवोट्ज (जो, १९९४ मा, पहिलो पटक निकोटिन–ह्रास नीति प्रस्ताव गरेका थिए जुन एफडीएले अहिले अपनाउन चाहन्छ) भन्छन्ः निकोटिन स्वयं अथेरोस्क्लेरोसिससँग प्रबल रूपमा जडान गरिएको छैन, जसले धमनीहरूलाई अवरुद्ध गर्छ र मुटुमा आक्रमण र स्ट्रोकको जोखिम बढाउँछ। निकोटिनले हृदयघातको दर बढाउँछ, उनले भन्छन्, जसले पूर्व–विद्यमान हृदय रोग र स्ट्रोक वा हृदय आक्रमणबाट भएको क्षतिलाई बिगार्न सक्छ।
एफडीएले भेपिंग उत्पादनहरूको अनुमोदनको पर्खाइमा रहेको ब्याकलगलाई समाधान गर्न आवश्यक स्रोतहरू लगानी गर्नु पर्छ र सक्रिय रूपमा धूम्रपानकारीहरूलाई जानकारी दिनु पर्छः भेप्स र मौखिक पाउचहरू साँच्चिकै तिनीहरूको स्वास्थ्यको लागि कम जोखिमपूर्ण छन्। सार्वजनिक स्वास्थ्य प्राधिकरणहरूले सिगरेट–संलग्न मृत्युहरूको दर घटाउनमा ठूलो प्रगति गरेका छन्। यो विपरीत जस्तो लाग्न सक्छ कि अन्य निकोटिन उत्पादनहरूको वृद्धि गर्नाले जीवन बचाउन सक्छ। तर, यो नै हुन सक्छः हामीलाई धूम्रपानबाट हुने हानिहरूलाई अन्त्य गर्नका लागि आवश्यक कदम हो।
(माया सालाविट्ज विचार लेखक हुन्, उनले एडिक्सन र सार्वजनिक नीति कभर गर्छिन्।)
द न्यूयोर्क टाइम्स, फेब्रुवरी १४, २०२५ बाट
प्रतिक्रिया दिनुहोस्