ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महिला च्याम्पियनसिप आजदेखि, नेपाल र किर्गिस्तान भिड्दै


एबीसी न्यूज
५ फाल्गुन २०८१, सोमबार   १ : ३९   बजे

काठमाडौं ५ फागुन । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता आजदेखि सुरु हुँदै छ। दशरथ रंगशालामा आजै दुई खेल हुँदै छन्। पहिलो खेलमा दिउँसो २ बजे म्यानमार र लेबनन भिड्दा साँझ ६ बजे नेपाल र किर्गिस्तानले प्रतिस्पर्धा गर्नेछन्।

नेपालले ६ वर्षपछि किर्गिस्तानसँग खेल्न लागेको हो। यसअघि भएको खेलमा नेपालले ८–२ गोलले हराएको थियो। नेपालीलाई उपाधि यात्रा बलियो बनाउन तुलनात्मक रूपमा कमजोर किर्गिस्तानलाई पराजित गर्नुपर्छ। म्यानमार र लेबनान बलिया टोली हुन्।

तर पछिल्लो समय किर्गिस्तानको टोलीमा पनि व्यापक सुधार भएकाले कमजोर आक्न नमिल्ने नेपाली टोालीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले बताए। नेपालको पहिलो खेलमा प्रमुख फर्वार्ड सावित्रा भण्डारी उपलब्ध हुने छैनन्। उनी आजै फ्रान्सबाट आइपुग्ने भएकाले विश्राम दिने प्रशिक्षक तामाङले बताए।

आफ्नो टोलीको मजबुत पक्ष नै फर्वार्ड लाइनमा रहेको दाबी गरे। उपाधि खडेरीमा रहेको नेपाल घरेलु मैदानमा उपाधि उचाल्न चाहन्छ।यसअघि साफ महिला च्याम्पियनसिपमा लगातार दुईपटक उपाधि जित्ने मौका गुमाएको थियो।

पछिल्लोपटक घरेलु मैदानमै फाइनलमा बंगलादेशसँग पराजित भएको थियो। तर उक्त फाइनलमा गरेको, गल्तीलाई दोहोरिन नदिने नेपाली टोलीकी कप्तान एन्जिला तुम्बापो सुब्बाले बताइन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

उचित मूल्य नपाएको भन्दै माइतीघरको सडकमा टमाटर फालेर विरोध प्रदर्शन

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

सम्बन्धित

विश्वकप सेमिफाइनलको पहिलो हाफ गोलरहित, इंग्ल्यान्ड–अर्जेन्टिनाबीच कडा टक्कर

विश्वकपमा इंग्ल्यान्ड–अर्जेन्टिना: युद्ध, माराडोना र मेसीसम्म जोडिएको ७४ वर्ष पुरानो प्रतिद्वन्द्विता, यसअघि कहिले–कहिले भेट भएका थिए?

सार्वजनिक पदाधिकारी र अवकाशप्राप्त व्यक्तिहरूको सम्पत्ति छानबिन रोक्न अन्तरिम आदेश

रास्वपाबाटै सरकारको आलोचना हुन थालेपछि संसद बैठक दुई हप्ता स्थगित

तीन लगातार जितसहित नेपाल एसीसी महिला यु १९ प्रिमियर कपको सेमिफाइनलमा

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu