ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ट्रम्पको टिप्पणी: म्याक्रोन र स्टारमरले युक्रेन युद्ध अन्त्य गर्न ‘केही गरेनन्’


एबीसी न्यूज
१० फाल्गुन २०८१, शनिबार   १ : ०४   बजे

काठमाडौं १० फागुन । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन र बेलायती प्रधानमन्त्री केयर स्टारमरले युक्रेनमा युद्ध अन्त्य गर्न ुकेही नगरेकोु आरोप लगाएका छन्।

राष्ट्रपति ट्रम्पले यो कुरा त्यस्तो समयमा भनेका हुन्, जतिबेला ती दुवै नेताले अर्को हप्ता ह्वाइट हाउसमा उनलाई भेट्न जाँदै छन्।

ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई शान्ति सम्झौताबारे ‘कुनै जानकारी नभएको’ दाबी गरे। उनले भने, मलाई लाग्दैन कि उनी बैठकमा उपस्थित हुन महत्त्वपूर्ण छ।’

रुसले सन् २०२२ मा युक्रेनमा आक्रमण गरेयता बेलायत, फ्रान्स र अन्य सहयोगी देशहरूले युक्रेनलाई हतियार र अन्य सहायता पठाइरहेका छन्।

सोमबार युरोपेली नेताहरूले युक्रेनको सम्बन्धमा पेरिसमा आपत्‌कालीन बैठक गरे। यो बैठक अमेरिका र रुसबीच साउदी अरेबियामा हुने बैठकको ठीक एक दिनअघि भएको थियो।
युरोपेली नेताहरूले यो शान्ति सम्झौताले युक्रेन र युरोपलाई अलग गर्न सक्ने डर व्यक्त गरेका छन्।

अमेरिकी राष्ट्रपति ट्रम्पले अहिले बेलायती प्रधानमन्त्री स्टारमर र फ्रान्सेली राष्ट्रपति म्याक्रोनको आलोचना गरे तापनि फक्स न्युजसँगको अन्तर्वार्तामा भने उनीहरूको प्रशंसा गरे।

उनले राष्ट्रपति म्याक्रोनलाई ुमित्रु भने भने प्रधानमन्त्री स्टारमरलाई ुअसल व्यक्तिु भनेर वर्णन गरे।

बीबीसीका अनुसार राष्ट्रपति म्याक्रों सोमबार वासिङ्टन डीसी पुग्न सक्छन् भने प्रधानमन्त्री स्टारमर बिहीबार ह्वाइट हाउस पुग्ने सम्भावना छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group