ABC NEWS NEPAL | No.1 News channel of Nepal
२७ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ट्रम्पद्वारा वरिष्ठ सैन्य अधिकारी जनरल सीक्यू ब्राउन बर्खास्त


एबीसी न्यूज
१० फाल्गुन २०८१, शनिबार   ७ : ११   बजे

काठमाडौं १० फागुन । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी संयुक्त चिफ अफ स्टाफका अध्यक्ष सीक्यू ब्राउनलाई पदबाट हटाएका छन्। उनी अमेरिकाको उच्च अधिकारी थिए।

बीबीसीका अनुसार यो निर्णयलाई शीर्ष सैन्य नेतृत्वमा ठूलो परिवर्तनका रूपमा हेरिएको छ। ट्रम्पले सामाजिक सञ्जालमार्फत ब्राउनसहित अन्य पाँच जना शीर्ष अधिकारीलाई पनि हटाइएको बताएका छन्।

जनरल ब्राउन अमेरिकी इतिहासमा यो पद सम्हाल्ने दोस्रो अश्वेत अधिकारी थिए। यो पद धारण गर्ने व्यक्तिले राष्ट्रिय सुरक्षाका मामिलामा राष्ट्रपति र रक्षामन्त्रीलाई सल्लाह दिन्छन्।

यसअघि रक्षामन्त्री पिट हेगसेथले जनरल ब्राउनलाई हटाउनुपर्ने बताएका थिए। शुक्रबारपछि रक्षामन्त्री हेगसेथले थप दुई वरिष्ठ सैन्य अधिकारी हटाउने घोषणा गरे।

यसमा नौसेना अपरेसन प्रमुख एडमिरल लिसा फ्रान्चेटी र वायुसेना उपप्रमुख जनरल जिम स्लाइफ छन्।

एडमिरल लिसा फ्रान्चेटी नौसेना नेतृत्व गर्ने पहिलो महिला थिइन्। यी तीन शीर्ष अधिकारीलाई शुक्रबार हटाइएको हो।

उनलाई पूर्वराष्ट्रपति जो बाइडेनले नियुक्त गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

जय नेपाल पार्टी साउन २९ गते निर्वाचन आयोगमा दर्ता हुने

ओखलढुङ्गाको पलापु गाउँको सडक जीर्ण, स्थानीयलाई आवतजावतमा सास्ती

सम्बन्धित

हङकङको साइकुङमा आगलागी, दुई घर र चार स्पिडबोटमा क्षति

चीनका पूर्वप्रधानमन्त्री जु रोङ्जीको ९७ वर्षको उमेरमा निधन

ट्रम्पको दाबी : इरानमाथि विश्वास छैन, होर्मुज जलमार्गमा अमेरिकाको पूर्ण नियन्त्रण

एनआरएनएको १७औँ युरोपेली सम्मेलन १५ बुँदे डबलिन घोषणापत्र जारी गर्दै सम्पन्न

जापानको इबाराकीमा चक्रवात ‘चान–होम’ प्रवेश, बाढीको जोखिम बढ्यो

इन्डोनेसियाको लोम्बोक नजिकै डुंगामा आगलागी, ११२ जनाको उद्धार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu