ABC NEWS NEPAL | No.1 News channel of Nepal
२७ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हमास लडाकु समूहले ६ जना बन्धक र इजरायलले ६ सय २ जना कैदीबन्दी रिहा गर्‍याे


एबीसी न्यूज
११ फाल्गुन २०८१, आइतबार   ८ : १४   बजे

काठमाडौं ११ फागुन । प्यालेस्टिनी लडाकु समूह हमासले थप छ जना इजरायली बन्धक र इजरायलले छ सय दुई जना कैदीबन्दी मुक्त गरेको छ । हमास समूहले एवेरा मेन्गिस्टु, हिशाम अल–सयद, ओमेर शेम टोभ, एलिया कोहेन, ओमर वेन्कर्ट र ताल शोअमलाई दक्षिणी गाजाको रफाह शहरमा अन्तर्राष्ट्रिय रेडक्रसका प्रतिनिधिको जिम्मा लगाइएको हो ।

उनीहरूमध्ये चार जना इजरायलबाट सन् २०२३ अक्टोबर ७ तारिखमा लगेका रहेका छन् । अरू दुई जना सन् २०१४ र २०१५ मा बन्धक बनाइएका रहेका अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यसपटक पनि नेपालका विपिन जोशी रिहा हुन सकेनन् । हमास समूहले छ जना बन्धक मुक्त गरेलगत्तै इजरायलले पनि छ सय दुई जना प्यालेस्टनी कैदीबन्दीलाई रिहा गरेको छ । तीमध्ये ५० जनालाई आजीवन कारावासको सजाय सुनाइएको थियो । ६० जनाले लामो समयको कारावास सजाय भोगिरहेका थिए ।

अरूलाई कुनै आरोप बिना सन् २०२३ अक्टोबर ७ तारिखदेखि हिरासतमा राखिएको थियो । अरूलाई कुनै आरोप बिना सन् २०२३ अक्टोबर ७ तारिखदेखि हिरासतमा राखिएको थियो । हमास र इजरायलबीच झन्डै एक महिनाअघि युद्धविराम लागू भएयता सातौं पटक बन्धकहरू रिहा गरिएको हो ।

यो अवधिमा हमासले ३३ बन्धक रिहा तथा शव हस्तान्तरण गरेको छ । बदलामा इजारायलले झन्डै १९ सय प्यालेस्टिनी कैदीबन्दी रिहा गरेको छ । हमास लडाकु समूहले अझै ६१ जनालाई बन्धक बनाएको अनुमान गरिएको छ । तीमध्ये एक जना जोशी पनि रहेका ठानिएको छ । कञ्चनपुरका जोशी कृषिसम्बन्धी अध्ययनका लागि इजरायल पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

असममा बाढी: ९७ वर्षीया वृद्धालाई केराको डुङ्गाले बचायो

ग्यासको अभावमा राष्ट्रियसभा सदस्यहरूद्वारा सरकारको ध्यानाकर्षण

सम्बन्धित

चीनका पूर्वप्रधानमन्त्री जु रोङ्जीको ९७ वर्षको उमेरमा निधन

ट्रम्पको दाबी : इरानमाथि विश्वास छैन, होर्मुज जलमार्गमा अमेरिकाको पूर्ण नियन्त्रण

एनआरएनएको १७औँ युरोपेली सम्मेलन १५ बुँदे डबलिन घोषणापत्र जारी गर्दै सम्पन्न

जापानको इबाराकीमा चक्रवात ‘चान–होम’ प्रवेश, बाढीको जोखिम बढ्यो

इन्डोनेसियाको लोम्बोक नजिकै डुंगामा आगलागी, ११२ जनाको उद्धार

इरानी खतरापछि ट्रम्पले गोप्य रूपमा विमान बदले

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu