ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हमास-इजरायल युद्धविराममा ठूलो धक्का, ६०० प्यालेस्टिनीको रिहाइ रोकियो


एबीसी न्यूज
११ फाल्गुन २०८१, आइतबार   ११ : २२   बजे

काठमाडौं ११ फागुन । हमासले शनिबार ६ बन्धक छाडेको सट्टामा हुने भनिएको ६०२ जना प्यालेस्टिनी कैदी रिहा इजरायलले अनिश्चितकालका लागि स्थगन गरिएको बताएको छ। इजरायलको यो कदमलाई युद्धविराम प्रक्रियामा ठूलो धक्काको रूपमा हेरिएको छ।

गाजामा युद्धविरामअन्तर्गत हमासले शनिबार हिशाम अल(सयद, एलिया कोहेन, ओमेर शेम टोभ, ओमेर वेन्कर्ट, एवेरा मङ्गिस्टु र ताल शोहम नामका ६ जना बन्धक छाडेको थियो।

बदलामा इजरायलले पनि शनिबारै आफ्ना जेलमा रहेका ६०२ प्यालेस्टिनी रिहा गर्ने सम्झौता थियो।

तर इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले प्यालेस्टिनी बन्दीहरूको रिहाइ अब हमासले बाँकी बन्धक अर्कोपटक सुम्पिने ग्यारेन्टी नगरेसम्म रोकिने बताएका हुन्।

युद्धविरामको पहिलो चरणमा इजरायली बन्धकहरूको रिहाइको एक चरण अझै बाँकी छ।

नेतन्याहुले हमासले युद्धविरामसँग सम्बन्धित नियम ुलगातार उल्लंघनु गरेको आरोप लगाएका छन्।

उनले भने, ‘हामासले इजरायली बन्धकहरूलाई प्रचार गर्न दुरुपयोग गरिरहेको छ।’

बीबीसीका अनुसार इजरायल र हमासबीच भएको सम्झौतालाई तीन चरणमा कार्यान्वयन गरिने छ।

पहिलो चरणमा इजरायली जेलमा रहेका प्यालेस्टिनी बन्दीहरूको सट्टामा हमासले बन्धकहरू रिहा गर्नेछ।

यसपछि इजरायली सेना बिस्तारै गाजाबाट हट्नेछ र त्यसपछि अन्तिम चरणमा गाजाको पुनर्निर्माणको काम गरिनेछ।

गत जनवरी १९ देखि भएको युद्धविरामयता हमासले शनिबार ९फागुन १० गते० सातौँपटक बन्धक रिहा गरेको हो।

शनिबार रिहा गरिएका ६ जनासमेत गरेर हमासले अहिलेसम्म ३० जना बन्धक मुक्त गरेको छ।

इजरायलले भने यसअघि छैटौँपटकसम्म ९ सय ३५ जना प्यालेस्टिनी कैदी रिहा गरेको छ।

यसबीच नेपाली विद्यार्थी विपिन जोशी पनि रिहा हुने आशा गरिएको छ। तर अहिलेसम्म उनको पालो आएन।

पहिलो चरणको युद्धविरामअन्तर्गत भएको सम्झौताअनुसार हमासले जम्मा ३३ बन्धक छाड्ने भनिएको छ। यस हिसाबले अब उसले मुक्त गर्न ३ बन्धक मात्र बाँकी छ।

बदलामा इजरायलले २ हजार कैदीलाई जेलमु्क्त गर्ने सम्झौता छ।

पहिलो चरणको युद्धविरामबीच दोस्रो चरणको युद्धविराम गर्न मध्यस्थकर्ताहरूले छलफल गर्ने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

उचित मूल्य नपाएको भन्दै माइतीघरको सडकमा टमाटर फालेर विरोध प्रदर्शन

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

सम्बन्धित

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

एमालेको प्रश्न– नयाँ रोजगारी सिर्जना गर्ने कि भइरहेको काम खोस्ने

सदनमा प्रतिपक्षको प्रश्न– सरकारमाथि आत्महत्या दुरुत्साहनको मुद्दा आकर्षित हुँदैन ?

संसद्‍मा विपक्षी सांसदले भनिन्– धिक्कार छ सीमा जोगाउन नसक्ने सरकार र सेनालाई

प्रधानमन्त्री बालेन्द्र साह ‘नेपाली हिटलर’: महन्थ ठाकुर

सीमा विवादबारे प्रधानमन्त्रीको जवाफ नआएसम्म संसद् अवरुद्ध रहने विपक्षीको चेतावनी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu