ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारत र बेलायतबीच स्वतन्त्र व्यापार सम्झौतासम्बन्धी वार्ता फेरि शुरू


एबीसी न्यूज
१३ फाल्गुन २०८१, मंगलबार   ७ : १५   बजे

काठमाडौं १३ फागुन । भारत र बेलायतबीच स्वतन्त्र व्यापार सम्झौता ९एफटीए० सम्बन्धी वार्ता फेरि शुरू भएको छ । भारतका वाणिज्य तथा उद्योग मन्त्री पियुष गोयलले आफ्ना बेलायती समकक्षी जोनाथन रेनोल्ड्ससँग भेटपछि गएको वर्ष दुवै देशमा भएको आम चुनावका कारण रोकिएको वार्ता फेरि शुरू गरेको जानकारी दिनुभएको हो ।

स्वतन्त्र व्यापार सम्झौताका लागि बेलायत र भारतबीच सन् २०२२ देखि कैयौँ चरणको वार्ता भए पनि सम्झौता हुन सकेको छैन ।

भारतीय सञ्चार माध्यमका अनुसार लेबर पार्टी सत्तामा आएपछि भने बेलायत र भारतबीच एफटीए वार्ता भएको यो पहिलो पटक हो । अब भने वार्ताको सम्झौतामा पुग्नु प्राथमिकता भएको भारतीय वाणिज्यमन्त्री गोयलले बताउनुभएको खबरमा उल्लेख छ ।

यसअघि गएको वर्ष नोभेम्बरमा ब्राजिलको रियो दि जेनेरियोमा भएको जी –२० शिखर सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र बेलायती प्रधानमन्त्री कियर स्टाररबीच भएको भेटका क्रममा एफटीएमा वार्ता पुनः शुरू गर्ने सहमति भएको थियो ।

एफटीए सम्झौतामा दुई देशले उनीहरूबीच व्यापार हुने अधिकांश उत्पादनहरूमा भन्सार महसुल पूरै हटाउने वा केही घटाउने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

राष्ट्रियसभामा आज प्रधानमन्त्री पनि उपस्थित हुने, महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस गर्ने

आत्मदाह प्रयासपछि रौतहटका युवा उपचारका लागि काठमाडौं रिफर

सम्बन्धित

राष्ट्रियसभामा आज प्रधानमन्त्री पनि उपस्थित हुने, महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस गर्ने

आत्मदाह प्रयासपछि रौतहटका युवा उपचारका लागि काठमाडौं रिफर

रौतहटको घटनापछि फेरि बहस : आत्मदाहका घटनाले दिएको चेतावनी : सुन्ने र साथ दिने समाजको खाँचो

सिंहदरबार दक्षिण गेटअघि मोटरसाइकल पार्किङ गरेर अनेरास्ववियुको प्रदर्शन

इरानको घोषणा: ‘अब अमेरिकासँग कुनै सम्झौता बाँकी रहेन’

स्पेनको रणनीतिक उत्कृष्टतासामु निरीह फ्रान्स : एम्बाप्पेले स्वीकारे हारका कारण, यामाल–रोड्रीको प्रभावले इतिहास रच्ने दाउमा ‘ला रोजा’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu