ABC NEWS NEPAL | No.1 News channel of Nepal
२० श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

२४ वर्षपछि पहिलो पटक बेलवा विमानस्थलमा विमान अवतरण गरेपछि…


admin
५ चैत्र २०७४, सोमबार   ४ : ३५   बजे

बाग्लुङ, ५ चैत्र । बाग्लुङको बलेवा विमानस्थल २४ वर्षपछि संचालनमा आउने तरखरमा रहेको छ । केही महिनादेखी तयारी भईरहेको विमानस्थलमा सोमबार सफलता पूर्वक परिक्षण उडान गरिएको छ ।

तारा एयरलाइन्सको १८ सिट क्षमताको ९ एन एकेएल जहाजले परिक्षण उडान गरेको हो । नेपाल नागरिक उडड्यन प्राधिकरणले कर्मचारी र प्राविधिक सहित १० जना राखेर जहाज बागलुङको बलेवा मैदानमा अवतरण गरेको छ । जहाज अवतरण गरेसगै ठुलो सख्यामा भेला भएका स्थानीयबासीले हर्षोल्लास मनाएका छन् । बागलुङ नगरपालिकाको अगुवाईमा दुई महिना अघि देखि थालिएको तयारी स्वरुप परीक्षण उडान गरिएको छ ।

चैत ९ गते देखि यात्रीका लागि नेपाल एयरलाइन्स र तारा एयरलाइन्सले नियमित उडान भर्ने सहमति अनुसार सोमबार परीक्षण गरिएको प्राधिकरणका पोखरास्थित निर्देशक भोलाप्रसाद गुरागाईंले बताउनुभयो । पहिलो उडानका क्रममा आएका पाईलटहरु सन्तोष शाह, प्रभाकर घिमिरे र संजीव श्रेष्ठ तथा कोपाईलट सिर्जना हुमागाईंले साना जहाजका लागि बलेवा विमानस्थलमा सहजै उडान भर्न सकिने अवस्थामा रहेको बताउनुभयो । नागरिक उडड्यन प्राधिकरण र दुवै जहाज कम्पनीसँग बागलुङ नगरपालिकाले सम्झौता गरेर १२ सिट भन्दा कम भएमा नगरपालिकाले सिट भार बहन गर्ने गरी जहाज चलाईएको हो ।

नियमित उडान भएमा प्राधिकरणले आगामी वर्ष १५ करोड रुपैयाँ लगानी गरेर मैदानलाई कालोपत्रे गर्ने आश्वासन दिएको छ । चालक शाहका अनुसार बलेवा देखि काठमाण्डौ स्थित त्रिभुवन विमानस्थलमा पुग्न ४५ मिनेटको उडान हुनेछ । २०१८ सालमा निर्माण भएपछि नियमित सञ्चालन भएको विमानस्थल २०४८ सालमा पोखरा–बागलुङ राजमार्गको ट्रयाक खुलेपछि जहाज आउन छाडेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अन्तर्राष्ट्रिय संस्थाको विज्ञप्तिप्रति कानुनमन्त्रीको आपत्ति, ‘नेपालको सार्वभौमिकतामाथि हस्तक्षेप’

ओलीको ‘ग्रीन सिग्नल’पछि कोसीमा हिक्मत कार्कीकै निरन्तरता, आवश्यक परे सामूहिक राजीनामाको सहमति

सम्बन्धित

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu