ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकाका प्रधानन्यायाधीशको आदेश– राष्ट्रपतिलाई विदेशी सहायता रोक्ने अधिकार छ


एबीसी न्यूज
१५ फाल्गुन २०८१, बिहिबार   १ : १८   बजे

काठमाडौं १५ फागुन । अमेरिकाका प्रधानन्यायाधीश जोन जी। रोबर्टस् जुनियरले अन्तर्राष्ट्रिय विकास एजेन्सी यूएसएआईडी० र विदेश विभाग अन्तरगत पहिले पूरा भइसकेको काम वापत भुक्तानी गर्नुपर्ने रकम तत्काललाई दिनुनपर्ने आदेश दिएका छन् ।

एक जना संघीय न्यायाधीशले पहिले पूरा भइसकेको कामवापत १।५ बिलियन अमेरिकी डलर मध्यरातिसम्ममा भुक्तानी गर्न भन्दै ट्रम्प प्रशासनलाई आदेश दिएका थिए ।

तर, त्यसविरुद्ध ट्रम्प प्रशासनले सर्वोच्च अदालतमा आपतकालीन अपील दायर गरेको थियो । जसमा त्यसमा सुनुवाइ गर्दै मुख्य न्यायाधीश जोनले ट्रम्प प्रशासनलाई विदेशी सहायता भुक्तानीमा रोक लगाउने निर्णयलाई जारी राख्न अनुमति दिएका छन् ।

प्रधानन्यायाधीश रोबर्टले भनेका छन्, ‘न्यायाधीशले आफ्नो अधिकार क्षेत्र बाहिर गएर फैसला सुनाएका छन् र राष्ट्रपतिको विदेशी सहायतामाथि उचित निर्णय लिने कर्तव्यमा हस्तक्षेप गरेका छन् ।’
प्रधानन्यायाधीश रोबर्टले यो मामलामा अन्तिम आदेश नआउञ्जेलसम्मका लागि तत्काल सहायताको रकम भुक्तानी गर्नुपर्ने गरी आदेश गरेको द न्यूयोर्क टाइम्सले उल्लेख गरेको छ ।

उनले ट्रम्प प्रशासनको अपिलको विरोधमा उभिएको पक्षलाई शुक्रबारसम्म आफ्नो जवाफ दिन पनि आदेश दिएको छ । त्यसपछि यो मामलामा थप सुनुवाइ सुरु हुनेछ ।

बुधबार ट्रम्प प्रशासनका वकिलहरुले राष्ट्रपतिले निर्वाचित भएपछि पहिलो दिन विदेशी खर्चमा भारी कटौती गर्न निर्देशन दिए अनुसार यूएसएआईडी र विदेश विभागको लगभग १० हजार अनुबन्ध र अनुदान समाप्त गर्न लागेको समेत जानकारी दिएका छन् ।

यूएसआईडीले विभिन्न मुलुकमा खाद्य, स्वास्थ्य, विकास र लोकतन्त्रसँग सम्बन्धित परियोजनाका लागि सहयोग गर्दै आएको थियो । तर, राष्ट्रपति ट्रम्पले दोस्रो कार्यकालका लागि नेतृत्व सम्हालेलगत्तै त्यसलाई व्यवस्थित रुपमा समाप्त गर्ने प्रक्रिया अघि बढाएका थिए ।

यूएसएआईडीका एक जना पूर्ववरिष्ठ अधिकारीका अनुसार, यो कटौतीले एजेन्सीको लगभग ९० प्रतिशत कार्यक्रम र दसौं अर्ब डलरको खर्च प्रभाव पार्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आफ्नै सरकारमाथि रास्वपा सांसदकै प्रश्न, बढ्दै आन्तरिक असन्तुष्टि

रातिभन्दा दिउँसो धेरै भूभागमा भारी वर्षाको पूर्वानुमान

सम्बन्धित

स्पेनको रणनीतिक उत्कृष्टतासामु निरीह फ्रान्स : एम्बाप्पेले स्वीकारे हारका कारण, यामाल–रोड्रीको प्रभावले इतिहास रच्ने दाउमा ‘ला रोजा’

आफ्नै सरकारमाथि रास्वपा सांसदकै प्रश्न, बढ्दै आन्तरिक असन्तुष्टि

देशभर ५० प्रतिशत धान रोपाइँ सम्पन्न

नक्कली शरणार्थी प्रकरणमा कसलाई कति सजाय ?

ट्रम्पले फिर्ता लिए स्ट्रेट अफ होर्मुज हुँदै यात्रा गर्ने जहाजमा २० प्रतिशत शुल्क लगाउने प्रस्ताव

स्पेन विश्वकपको फाइनलमा, फ्रान्सलाई २–० ले हराउँदै प्रभावशाली जित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu